काठमाडौं । अक्सर युवाहरु अन्जानमा परेका हुन्छन् की युवतीसँग
कसरी कुराकानी गर्ने ? उनीहरुले युवतीसँग
कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने
ठान्दछन् ।
केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू मकजोर भएको महसुस
गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने
गुनासो गरिरहेको पाइन्छ । युवतीलाई
आफ्नो कुरामा प्रभावित पार्ने
विषयमा चिन्तामा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन ।
युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्,
जो देख्नमा आकर्षक होस् र उनको चाल चलन
पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै
युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् ।
उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् ।
मनोविज्ञहरु यस्ता समस्यालाई लिएर चिन्ता लिनुनपर्ने
बताउँछन् । सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने
कुरा दिमागबाट हटाउनुपर्ने विज्ञहरुको भनाई छ ।
यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । युवतीहरु कम
बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । ती युवक
युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर
भएको सोच्दछिन् । अत, सुरुमा नबोलेपनि युवती नै बोल्न
थालेपछि किन चुप रहने ? तर, तपाईंले युवतीसँग
बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय
युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर
केटी पट्याउन सकिने ठानेका छन् । अर्काको कला चोरेर
कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ
शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले
पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले
पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि केटीलाई प्रभावित
पार्न सकिन्छ । बडी ल्याङवेजले
यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न
नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न
सकिन्छ । यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ ।
तर, यसमा के ध्यान दिनुपर्छ भने
उनको यसमा कस्तो प्रतिक्रिया आउँछ ।
विना प्रतिक्रिया हामफाल्नुभयो भने ड्ब्नुको बिकल्प
रहन्न, तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने एक
मिनेट पनि नपर्खाउनुस् ।
Friday, 16 January 2015
कसरी कुरा गर्दा छिटै प्रभावित हुन्छन त युवतीहरु...जानी राखौ....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment