Tuesday, 27 January 2015

एमाओवादी मोर्चालाई वार्तामा आउन कांग्रेस एमालेको आग्रह

काठमाडौँ ।कांग्रेस–एमालेले एकीकृत
नेकपा माओवादी नेतृत्वको मोर्चालाई
सहमतिकालागि वार्तामा आउन
आग्रह गरेका छन्।

सोमबार प्रधानमन्त्री निवास
बालुवाटारमा बसेको प्रमुख दुई दलको बैठकले
संविधान लेखनको जारी प्रक्रियामा सहयोग
गर्नेगरि वार्तामा आउन एमाओवादीलाई आग्रह
गर्ने निर्णय गरेको हो ।
बैठकपछि एमाले बरिष्ठ नेता झलनाथ खनालले
सहमतिको ढोका खुल्लै राखिएको बताउँदै
वार्तामा आउन आग्रह गरे ।
नेता खनालले संविधान सभामा सुरु प्रक्रिया कुनै
हालतमा नरोकीने प्रस्ट पार्दै अल्पमतले दुई
तिहाईको निर्णय स्विकार गर्न
एमाओवादीलाई आग्रह गर्ने निर्णय भएको बताए

उनले मंगलबार सत्तारुढ र समर्थक दलहरुका तर्फबाट
संयुक्त वतब्य निकाल्ने
तैयारी भैरहेको जानकारी समेत दिनुभयो ।

No comments:

Post a Comment