भुवनलाई श्रीकृष्णसँग तुलना गर्दै आमाले नै भनीन् कृष्णका पछी गोपीनी लागे त श्रीकृष्णको के दोष,र बिचरा
भुबन
अभिनेता भुवन केसी भनेपछी भुतुक्कै हुने तमाम युवती मात्रै होइन थुप्रै युवा दर्शक पनि छन् नेपाली चलचित्र नगरीमा । नेपाली चलचित्र उद्योगमा ३ दशकको लामो यात्रा पार गरेर वाहवाही बटुलेका अभिनेता भुवन केसीका बारेमा चलचित्रमा हेरेर र पत्रिकामा पढेर आम पाठकले धेरै कुरा जानेका र बुझेकै छन् । तर अब भुवन केसीका बारेमा थप कुरा थाहा पाउन झन सजिलो हुने भएको छ । कारण हो आगामी चैत्र २२ गते उनको आत्मवृतान्त सार्वजनिक हुने भएको छ । भुवनकी आमाको जन्मदिनको अवसरमा आत्मवृतान्त सार्वजनिक गर्ने तयारी गरिएको घोष्ट राइजिगं नेपाललले जनाएको छ ।
नेपाली चलचित्र उद्योगमा निजी तवरबाट गरिएको पहिलो ब्यबसायिक चलचित्र जुनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका केसीले सम्झना, कुसुमे रुमाल हुँदै करोडपतिसम्म आइपुग्दा दर्जनौँ चलचित्रमा अभिनय गरेर सजिब इतिहाँस बनाएका छन् । उनले नायकको अलावा निर्माताका रुपमा पनि ठुलै योगदान गरेका छन् । रिल र रियल लाइफ दुवै अर्थपुर्ण बनाएका भुवनको जिन्दगीमा थप रहस्यमयी कुराहरु छन् । जुन आजसम्म पनि भर्जिन छन् । थप भर्जिन रहस्य खुलाउने प्रयत्नमा लागेका सर्वाधिक बिबादास्पद नेपाली चलचित्रमा ‘रोमान्स किंङ’को कथालाई लेखक एवं घोष्ट राइटिङ नेपालका संस्थापक कमल ढकालले शब्दमा बुनेका छन् । लेखक ढकालले यो कृतिले भुवनसँग सम्बन्धित सबै किसिमका जिज्ञासा मेटाउने दाबी गरे । त्यसैले भुवनका बारेमा थप र रोचक कुरा थाहा पाउन आत्मवृतान्त पढ्न जरुरी रहेको भन्दै बजारमा ल्याउन लागीएको उनले बताए ।
आत्मवृतान्तका विषयमा जानकारी गराउन आयोजना गरिएको प्रेस मिटमा अभिनेता केसीकी आमालाई केही प्रश्न गरिएको थियो । अनेकौँ प्रश्नका बिचबाट उनले भुवन र युवतीको प्रसंगको उत्तर दिँदै भुवनलाई श्रीकृष्णसँग तुलना गर्दै भनिन् अगाडी अगाडी श्रीकृण पछी पछी गोपीनी, बरा कृष्ण जि को के दोष ? उनले भुवनलाई छुट दिँदै भनीन् युवतीहरु नै बाबुको पछि लाग्छन् त के गरोस् बिचरा बाबु । यो निर्दोष छ ।
No comments:
Post a Comment