मिडिया काठमाडौँ ऑनलाइन ,। संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र अधकट्टीको डान्सिङ गीत फिगर कोकाकोला सार्वजनिक गरिएको छ । अभिनेत्री अशिष्मा नकर्मीलाई मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिएको डान्सिगं शैलीको गीतमा नव अभिनेता प्रदीप बाँस्तोलाले उनलाई तिम्रो फिगर काकाकोला भन्दै साथ दिँदा अशिष्मा मख्ख परेको देख्न सकिन्छ । गीतको अन्त्यमा अशिष्माले आफ्नो कोकाकोला फिगर देखाउन आउटर वयर खोल्दा प्रदीपले एकोहोरो हेरीरहेको दृश्य रोमान्टिक छ ।
अशिष्मा र प्रदीपको रोमान्स समावेश गीतमा प्रह्लाद तिमल्सीना र जेनीसा पौडेलले स्वर दिएका छन् भने संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । जसको रचना किरण माइकलले गरेका हुन् । प्रदीप उदयले निर्माण गरेको चलचित्र फेब्रुअरी १ तारिखका अष्ट्रेलियामा प्रिमियर हुने बताइएको चलचित्र नेपालमा भने जेठ १५ गते रिलिज हुनेछ ।
अमेरीका सपना बुनेर गाउँबाट काठमाडौँ आएको युवाले देख्ने र पुरा नहुने सपनासँगसँगै युवाहरुकले युवा उमेरमा भोग्ने भोगाई,समस्या र चुनौतीलाई मुख्य विषय बनाइएको चलचित्र हास्य प्रदान भएको बताइएको छ । जसमा अशिष्मा र प्रदिपका अलावा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
No comments:
Post a Comment