Thursday, 15 January 2015

वेच्न लगिएका ३७ बालिकालाई चीनीयाँ प्रहरीले उद्धार गर्यो/१ सय ३ जना नियन्त्रणमा

माघ १, एजेन्सी ।
प्रहरीले चीनको पूर्वी क्षेत्र स्यान्दोङ प्रान्तबाट
वेच्नका लागि लैजान लागिएका एक ३ वर्षीय
बालिका सहित ३७ बालबालिकाको उद्धार गरेको छ ।
प्रहरीले तस्करीमा संलग्न १ सय ३ जनालाई पक्राउ
गरेको छ ।
एचआईपी एड्स र कुपोषण जस्ता रोगबाट ग्रसित
बालबालिकालाई न्यूनतम ८ हजार डलर देखि १३ हजार
डलर सम्म विक्रीका लागि लैजान
लागिएको चिनियाँ टेलिभिजनलाई उदृत गर्दै समाचार
संस्था सीएनएनले जनाएको छ । सुट्केश र
व्यागमा राखी बिक्रिका लागि लगिदै
गरेका ती बालबालीकालाई चाउचाउ र
तरकारी खुवाउदै गरेको अवस्थामा प्रहरीले
नियन्त्रणमा लिएको हो ।
मानव ओसार प्रसारमा पछिल्लो समय चीनमा समेत
तस्करहरुको संलग्नता तिब्र बनेका बेला उल्लेख्य
संख्यामा तस्करलाई नियन्त्रणमा लिई
बालबालीकाको उद्दार गर्न चिनियाँ प्रहरी सफल
भएको हो ।

No comments:

Post a Comment