Friday, 23 January 2015

माघ ८ मा संविधान नबनेको भन्दै नायिकाको बुबाद्वारा आत्महत्या

झापा, माघ ९– आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान
जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप
निवासी एक व्यक्तिले आज बिहान झुन्डिएर
आत्महत्या गरेका छन् । माघ ८ मा नै संविधान जारी गर्ने
विषयलाई लिएर छिमेकीहरुसँग संविधान
जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१
निवासी ६५ वर्षीय विष्णुप्रसाद
उप्रेतीले झुन्डिएर
आत्महत्या गरेको प्रहरी चौकी गोलधापका इन्चा
केदार कार्कीले बताए ।
नेपाली काँग्रेस र नेकपा (एमाले) ले जसरी पनि माघ
८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग
बिहीबार दिउँसो बाजी राखेको र संविधान निर्माण
नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने
इन्चार्ज कार्कीको भनाइ छ ।
आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने
नलेखेको कार्कीले बताए ।
संविधान निर्माणका लागि सहमति जुटाउन
संविधानसभा भवनमा बिहीबार अबेरसम्म
संविधानसभाको बैठकमा सभासद्ले
गरेको नाराबाजी टेलिभिजनमा हेर्दै
बसेका उनी संविधानसभाको बैठक स्थगित भएसँगै घरबाट
बाहिरिएको बताइएको छ । शौच गर्ने बहानामा घरबाट बाहिर
निस्किएका उनी आज बिहान घरनजिकै
रहेको छतिउनको रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी
कार्कीले जानकारी दिए ।
उनको आज मेची अञ्चल अस्पताल भद्रपुरमा शव
परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय
झापाले जनाएको छ । मृतक
उप्रेती नायिका युना उप्रेतीका बुबा हुन् ।
उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिने
मृतकका छिमेकी घनश्याम उप्रेतीले
जानकारी दिए ।
राप्रपा नेपाल पार्टीसँग आबद्ध रहेका उप्रेतीले
आत्मदाह गरेसँगै सिङ्गो गोलधाप गाविस नै अहिले
शोकमा डुबेको सङ्घीय लिम्बुवान्
पार्टी नेपालका प्रेम घिमिरेले बताए । एक छोरा र
तीन छोरीका बुबा उप्रेती छोरा केशव
वैदेशिक
रोजगारीको सिलसिलामा विदेसिएपछि श्रीमत
बुहारीका साथ बस्दै आएका थिए ।
नायिका उप्रेती अहिले अमेरिका बस्दै आएकी छिन्
भने उनका अन्य दुई छोरी बिमला र गोमा रहेका छन् ।

No comments:

Post a Comment