पोखरा, माघ १७ - पोखरासहित पश्चिमका विभिन्न
जिल्लामा शनिवार साँझ भुकम्पको धक्का महसुस गरिएको छ । ७
बजेर ४४ मिनेटमा दुईपटकसम्म धक्का महसुस भएपछि सर्वसाधारण
खुला सडक तथा चौरलगायत सुरक्षित स्थानतर्फ लागेका थिए ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेशप्रसाद
गौतमले पोखरादेखि पश्चिम, उत्तर कास्की, पर्वत र
म्याग्दी सिमा केन्द्रबिन्दु भएर ५ दशमलव ५
म्याग्निच्युडको भुकम्प
मापन भएको बताए ।
करिव ३ सेकेन्डभित्र भुकम्पका दुई ठूला झड्का महसुस
गरिएको थियो । दराजमा राखेका भाँडाकुँडालगायतका सामान
पनि खसेका थिए ।
पोखरालगायत पर्वत, बागलुङ, म्याग्दीमा पनि झड्का महसुस
गरिएको थियो । भुकम्पले गरेको क्षतिबारे कुनै
जानकारी नआएको कास्की प्रहरीका एसपी बसन्तकुमार
लामाले
बताए । भूकम्पपछि भाग्ने क्रममा लडेर
नदीपुरमा पविता गर्बुजा घाइते
भएकी स्थानीयले बताए ।
Saturday, 31 January 2015
पोखरामा ५.५ रेक्टर स्केल भूकम्पको धक्का,१ जनाको मृत्यु....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment