Tuesday, 20 January 2015

पुरुष मयार्दापालकलाई लात्ती हान्ने चौधरी

थरुहट तराई पार्टीकातर्फबाट समानुपातिक सभाद बनेकी चौधरी पार्टीको वरिष्ठ उपाध्यक्षसमेत हुन्। व्यवस्थापिका संसद अन्तर्गतको विधायन समितिका सभापति रहेकी चौधरी सो पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन्।


कैलाली घर भएकी चौधरी नेपाली कांग्रेसबाट राजनीतिमा आएकी हुन्। विद्यार्थी जीवनमा उनले नेपाली कांग्रेसमा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। विद्यार्थी जीवनमा राजनीतिसँगै उनले पत्रकारितासमेत गर्दै आएकी थिइन्। उनले नेपाल वन टेलिभिजनमा रिपोटिर्ङका साथै थारु भाषाको कार्यक्रमसमेत सञ्चालन गर्थिन्।

मानविकीमा प्रमाणपत्र तह उत्तीर्ण गरेकी उनले मंगलबार बिहान पुरुष मर्यादापालकलाई लात्ती प्रहार गरिन्।

काठमाडौंबाट मदन चौधरी र बिराटनगरबाट अजित तिवारी

No comments:

Post a Comment