काठमाडाै : पेट्रोलको बढ्दो अभावका कारण
मोटरसाइकल कुदाउन पाउनु भएको छैन ?
तपार्इँको समस्यालार्इ समाधान गर्न भारतका एक
विद्यार्थीले तपार्इँलार्इ आश्चर्यमा पार्ने
प्रविधिको विकास गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार
त्यहाँको चन्डीगढको सेक्टर-२२ मा रहेको सरकारी मोडल
स्कुलका १० कक्षाका एक विद्यार्थीले पानीबाट
मोटरसाइकल चल्ने प्रविधिको विकास गरेका हुन् ।
१० कक्षामा अध्यननरत छात्र नित्याशिष भण्डारीले
भौतिक विज्ञानका शिक्षक अजय
गुप्ताको निगरानीमा पानीबाट मोटरसाइकल गुड्ने
प्रविधिको विकास गरेका हुन् ।
उनले निर्माण गरेको प्रविधिको भारतीय सरकारले
गरेको एक प्रदर्शनीमा समेत उनले राखिसकेका छन् ।
नित्यले बनाएको यो सानो भाँडोलार्इ
आफ्नो मोटरसाइकलमा पनि जोडेका छन् ।
यो भाँडोमा दुर्इ लिटर भन्दा बढी पानी अट्दैन ।
उनले मोटरसाइकल पानीबाट कुदाउन लिए
अक्सी हाइड्रोजन सेलको तीनवटा इन्जिनमा फिट
गरेका छन् । जसले पानीलार्इ अक्सी हाइड्रोजन
ग्यासमा बदलिदिन्छ । पानीबाट चल्ने मोटरसाइकल
स्टार्ट गर्न भने पेट्रोलकै आवश्यकता पर्छ । मोटरसाइकल
स्टार्ट भएपछि तुरुन्तै ग्यासले काम गर्न थाल्छ ।
त्यपछि इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च
भइरहन्छ ।
नित्याशिषले यो भाँडोलार्इ कारमा समेत लगाउन
सकिने बताएका छन् । जसले साना कार सजिलै चल्न सक्छन्
। यो भाँडको अर्को खास कुरा भनेको पिउने पानीकै
जरुरी पर्दैन । यसलार्इ चलाउन
समुद्री पानी या डिस्टिल वाटर पनि प्रयोग गर्न
सकिन्छ । यो मोटरसाइकल समुद्री पानीबाट २ सय ५०
किलोमिटर सम्म गुड्न सक्छ ।
पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन
चल्दा धुवाँ निक्लन्छ भने
यो भाँडा हालिएको बाइकको साइलेन्सरबाट
पानी निस्कन्छ । यो प्रविधि सफल भएमा वातावरण
प्रदुषित हुनबाट समेत जोगिने बताइन्छ ।
नित्यले यो भाँडो तयार पार्न एक हजार ९ सय भारतीय
रुपैयाँ खर्च गरेका थिए । यो प्रविधि जडान
गरेको मोटरसाइकलको गति ५० किलोमिटरसम्म हुने
बताइएको छ ।
भाँडोमा हालिएको पानी सकिएमा पानीमात्रै
बदल्नुपर्छ । पेट्रोलको आवश्यकता पर्ने छैन । तर
यो भाँडोमा दुर्इ लिटर भन्दा बढी पानी अट्न सक्दैन ।
यो भाँडोमा २ लिटर खाने पानी हाल्दा मोटर साइकल
५ सय किलोमिटरस्म गुडाउन सकिन्छ। २ लिटर
समुद्री पानी हाल्दा मोटरसाइकल दुर्इ सय किलोमिटर
सम्म गुडाउन सकिने भारतीय सञ्चारमाध्यम ले उल्लेख
गरेका छन् । नित्यले यसअघि सोलार एयर कन्डिसन समेत
बनाइसकेका छन् ।
Thursday, 15 January 2015
अब पानीबाटै गुड्ने भयो मोटरसाइकल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment