आज वसन्त पञ्चमी अर्थात ‘श्रीपञ्चमी’ पर्व । यस पर्वका अवसरमा आइतबार मुलुकभर विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी यो श्रीपञ्चमी पर्व धुमधामका साथ मनाइदै छ ।
आजकै दिनदेखि ऋतुहरूका राजा वसन्तऋतु सुरु हुने भएका कारण यस दिन वसन्त श्रवण गरिन्छ । शास्त्रहरूमा सरस्वतीलाइ चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा तथा पुस्तक धारण गरेकी विद्याकी देवीलाइ भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, बरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता बिभिन्न नामहरूले स्मरण गर्दछन ।
यहि दिनबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु शुभारम्भ हुने गर्दछ । यस दिन हिन्दु धर्मावलम्बीहरूले मुलुकभर रहेका सरस्वतीका मन्दिरहरूमा पुजा आराधाना गर्दछन साथै पुस्तकको पूजा समेत गर्दछन । यसैदिन देखि बालबालिकालाई अक्षर आरम्भ गराउने गरिन्छ । यस दिनलाइ सर्वोत्तम दिनका रूपमा मानेर घरघरमा आफ्ना ससाना केटाकेटीहरूलाइ विद्याको प्रारम्भ गर्ने गरिन्छ ।
आजकै दिन शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, कलाकार, गायक, नृत्यकारहरूले पनि आ-आफ्नो कलासाधनाका सामाग्रीहरूकलम, कापी,कुची वाद्ययन्त्रहरूको पूजा गर्ने गर्दछन ।
परम्पराअनुसार आजै राजधानीको वसन्तपुरको हनुमानढोका दरबार परिसरमा वसन्तश्रवण गरिन्छ। आजका दिन बिबाह गर्दा साइत जुराउनु पर्दैन ।
यस श्रीपञ्चमी वा वसन्त पञ्चमीका अबसरमा देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा मिडिया kathmanduonline.comधेरै धेरै शुभकामना व्यक्त गर्दछ ।
No comments:
Post a Comment