दोहा (कतार), पुस २९ - वैदेशिक
रोजगारका लागि कतार आइपुगेर सडक र कार्यस्थलमा दुर्घटनामा भई मृत्यु
भएका २० जना नेपाली कामदारले ४० लाख १३ हजार रियाल
(करिब १० करोड ८३ लाख ६६ हजार रुपैया ) क्षेतिपुर्ति पाएका छन् ।
नेपाली दुताबासले एउटा वकिल राखेर
मुद्दा लडेपछि ती मृतक कामदारका परिवारले
क्षेतिपुर्ति पाएका हुन् । दुताबासले पाइसकेका रकम
कानुनी खर्च कटाएर परिवारले पाउने
गरी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।
'२० जना मृतक कामदारले ४० लाख १३ हजार रियाल क्षतिपुर्ति पाएका छन्
। त्यसको लागि ६ लाख ८३ हजार कानुनी खर्च भएको छ',
नेपाली दुताबासका सहचारी केशब
पन्थीले कान्तिपुरलाई भने,'कानुनी खर्च कटाएर
पीडित परिवारले पाउने ३३ लाख ३० हजार रियाल रकम
परराष्ट्र मन्त्रालय पठाइदिएको छ ।' परराष्ट्रले
यो क्षतिपुर्ति सम्बन्धीत जिल्ला प्रशासन कार्यालय मार्फत
भुक्तानी दिने ब्यबस्था मिलाउनेछ ।
क्षतिपुर्ति पाउनेहरुमा रिभन-३, कास्कीका जोगबहादुर
सुनुवार (एकलाख ६० हजार रियाल), धरमपानियाँ-६, कपिलबस्तुका गौतम
न्यु (एक लाख ४९ हजार रियाल), पोखरा-३,
कास्कीका जीबनकुमार श्रेष्ट (एक लाख ४९
हजार रियाल), किनहुन-२, तनहुँका केशबहादुर राना (३४ हजार),
चित्रे-४, खोटाङका पेमनुरी शेर्पा (एक लाख ५५ हजार
रियाल), शिक्तहन-३, रुपन्द्रेहीका वाइज मोहम्मद
स्वात -एक लाख ५५ हजार रियाल), उम्रपे्रमपुर-४, धनुषाका सञ्जिबदाश
तटमा (दुई लाख ७ हजार रियाल), राजबरा-९, प्युठानका गिरबहादुर
घर्ती -एक लाख ६० हजार रियाल) र खँडेबास-५,
बाग्लुङका नामराज गुरुङ -एकलाख ५९ हजार रियाल) रहेका छन् ।
त्यस्तै, आमभञ्जाङ-७, मकवानपुरका नन्दप्रसाद सापकोटा (एकलाख ५९
हजार रियाल), सिद्धधारा-३, अर्खाखाँचीका अर्जुनबहादुर
सुनार (एकलाख ५९ हजार रियाल), चिसापानी-७,
स्याङ्जाका सोमप्रसाद भण्डारी (एकलाख ६० हजार रियाल),
सिंगाहदेबी-७, मोरङका सञ्चबहादुर लिम्बु,
तुलिसिया निकेश-३, धनुषाका सत्यनारायण यादब - एक लाख ४९ हजार),
अधिकारीचौर-६, बाग्लुङका तुलसीराम
भण्डारी (दुई लाख ३९ हजार रियाल), फलेक-७,
तेहथुमका दुर्गाबहादुर दर्जी (दुई लाख ४४ हजार
रियाल), बलाह संग्राह-५, धनुषाका अन्सुरुल
कुवारी (एकलाख ९६ हजार), छतिवन-३,
मकवानपुरका प्रेमबहादुर भोम्जन (एक लाख ९६ हजार रियाल),
चुरियामाई-२, मकवानपुरका अशोक थिङ (एक लाख ५९ हजार रियाल) र
टरुर्का-५ नुवाकोटका कृष्णे कार्मी (एकलाख ५९ हजार
रियाल ) रहेका छन् । यी मध्ये
स्याङजाका भण्डारी र प्युठानका घर्तीले
दोश्रो पटक क्षतिपुर्ति पाएको हो ।
उनीहरु अधिकांस सडक दुर्घटनामा परी ज्यान
गएको हो । कतारमा सडक र कार्यस्थलमा ज्यान गुमाउनेले
क्षतिपुर्ति पाउन मुद्दा लड्नुपर्ने अबस्था छ । पीडित
परिवारले परराष्ट्र मन्त्रालयलाई अख्तियारनामा बुझाएपछि दुताबासले वकिल
मार्फत मुद्दा लडिदिने गरेको हो ।
Tuesday, 13 January 2015
कतारमा मृत्यु भएका २० जनालाई क्षतिपुर्ति
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment