पौष ३०, एजेन्सी ।
भारतको उत्तर प्रदेशस्थित कानपुरको उन्नाव गाउ नजिकै
रहेको गंगा नदीमा एक सय बढीको शव
फेला परेको छ । नदीमा शवका अवशेष तथा कंकाल समेत
भेटिएका छन् । गंगा नदीमा पानीको सतह
घटेपछि बालबालिकासहित बुढा पाकाको शव देखिएको हो । फेला परेका अधिकाश
शव सडेको अवस्थामा रहेका छन् ।
भारतको स्थानीय प्रशासनले ती शव बगाएर
ल्याइएको भएकाले यसलाई अपराधिक घटनासंग जोडेर हेर्न नहुने बताएको छ
। ती शव कहाँवाट
कसरी नदीमा बगेर आए भन्ने बारे अहिलेसम्म
यकिन हुन नसकेको भारतीय सञ्चारमाध्यमहरुले
जनाएका छन् ।
No comments:
Post a Comment