Tuesday, 27 January 2015

फेसबुकमा च्याट गर्दा अब टाइप गर्नु नपर्न

फेसबुकमा च्याट गर्दा अब टाइप नगर्दा पनि हुने
भएको छ | फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अब
नयाँ एप सार्वजनिक गर्ने भएको छ जसले
बोलेको कुरालाई टेक्टमा रुपान्तरण
गरी तपाईको साथीसमक्ष तपाईको सन्देश पुर्याउनेछ।

फेसबुक म्यासेन्जरमा अब तपाईले साथीहरुलाई
अडियोमा म्यासेज पठाउँन सक्नुहुनेछ जुन
तपाईको साथीले शब्दमा प्राप्त गर्नेछन् ।
यसका लागि तपाईले म्यासेन्जरको ‘माइक्रोफोन’
को आइकनमा क्लिक गर्नुपर्नेछ ।
केहि समयपछि सार्वजनिक हुने यो फिचरको अहिले
परीक्षण जारी रहेको जनाइएको छ । फेसबुकका डेभिड
मार्कसले आफ्नो एक आधिकारिक पोस्टमार्फत
यसको बारेमा जानकारी गराएका हुन् ।

No comments:

Post a Comment