Wednesday, 14 January 2015

लोडसेडिङ अब दैनिक ११ घन्टा

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि लागू हुने
गरी लोडसेडिङ दैनिक ११ घन्टा पुर्याएको छ। ७० मेगावाटको मध्य
मर्स्याङ्दी १७ दिनका लागि बन्द गर्नुपरेको र लोड बढेको कारण
देखाउँदै प्राधिकरणले लोडसेडिङ बढाएको हो। यसअघि लोडसेडिङ सातामा करिब
७० घन्टा थियो।
'मध्य मर्स्याङ्दी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको र
त्यसबाट उत्पादित बिजुली बराबर पनि लोडसेडिङ थप
गर्नुपरेको हो,' प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार
क्षेत्रीले बताए। उनका अनुसार अहिले
बिजुलीको उच्चतम माग साढे १२ सय मेगावाट छ भने
आपूर्ति करिब ६ सय मेगावाट मात्रै छ। हाल भारतबाट अधिकतम दुई सय २०
मेगावाटसम्म आपूर्ति भइरहेको छ।
नदीमा पानीको बहाव घटेको र विद्युत् गृह
पूर्ण क्षमतामा चलाउन नसकिएका कारण पनि लोडसेडिङ थप हुन
गएको क्षेत्रीको तर्क छ।

No comments:

Post a Comment