१ सय ५० जना यौनकर्मी महिलाले जागिर पाउने
गरि खुल्ने भयो वेश्यालय १ सय ५०
जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १
हजार पुरुषको यौनकेा भोक मेटाउने लक्ष्यका साथ
अस्टियाको राजधानी भियनामा युरोपकै
सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ । उक्त
सुविधासम्पन्न वेश्यालयमा डेढ सय
जना सुन्दरी वेश्याहरुले दिनहुँ ग्राहकको चित्त
बुझाउ वेश्यालयभित्र.सम्भोगको सुविधा त
हुनेनैछ त्यसका अलवा रेष्टुरेन्ट,ब्युटिपार्लर,
जिमखाना तथा सैलुन
समेत रहने बताइएको छ । स्थानीय
उद्यमी पिटर
लास्कारिसले खोल्न थालेको उक्त वेश्यालय डेढ
करोड बेलायती पाउण्डको लगानीमा सुरु हुनेछ ।
उनका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र
हुनेछैन सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ ।
आफ्नो वेश्यालय चार तारे होटलभन्दा सुविधासम्पन्न
हुने दाबी मालिकको छ । वेश्यालयमा सेवा दिने
यौनकर्मी युवतीहरु समेत निकै
सेक्सी तथा सुन्दर हुने
उनी बताउँछन् । डेढ सय ओछ्यान रहेको उक्त
वेश्यालयमा चौबिसै घण्टा उपचार सेवा समेत उपलब्ध
हुनेछ । वेश्यालयले सहरै भरी चौबिसै घण्टा ग्राहक
ल्याउने र पूराउने सेवा समेत उपलब्ध गराउनेछ ।
वेश्यालयले समय समयमा विभिन्न खालका सेक्स
महोत्सव तथा प्रदर्शनीको आयोजना गर्ने समेत
बताएको छ । यद्यपि उक्त सुविधासम्पन्न विशाल
वेश्यालय ठ्याक्क कुन ठाउँमा खुल्नेछ भन्ने कुरा भने
बताइएको छैन । विरोध प्रदर्शन हुने डरले अहिले एकिन
स्थान खुलासा नगरिएको भएपनि उद्घाटन हुने
दिनमा ठूलै सरप्राइज दिने
धोको त्यसका संचालकको छ ।
Thursday, 22 January 2015
युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment