Friday, 30 January 2015

भुलेर पनि नगर्नुस् १० काम, मिर्गौला खराब हुनसक्छ !

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग
मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि,
हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने,
टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट
निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम
गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १०
गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई
हानी पुर्याउँछ ।
१. पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने
यसको सबै भन्दा पहिलो र खराव प्रभाव
मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले
रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले
उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।
२. नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप
बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले
दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।
३. पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने
बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने
बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने
खतरा समेत पैदा गर्छ ।
४. गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै
देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले
शरीरमा प्रोटीनको मात्रा बढी भएर
मृगौलामा समस्या हुन्छ ।
५. पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव
हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले
मृगौलामा पत्थरी हुन दिँदैन ।
६. मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ
भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले
शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले
मृगौलामा सोझै असर गर्छ ।
७. अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने
बानी पनि मृगौलाका लागि घातक छ । यसले
मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ ।
निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८. चिया कफी बढी सेवन
चिया कफी अत्याधिक
मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ ।
चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ
जसले मृगौलामा भार पर्छ ।
९. पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न
पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै
पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।
१०. जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले
पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने
अत्याधिक सम्भावना हुन्छ ।

No comments:

Post a Comment