Sunday, 25 January 2015

विपक्षीको विरोध र सत्तारुढको हठले सडक बल्न सुरु (फोटो फिचर)

काठमाडौं । संविधानसभामा सत्तारुढ र विपक्षी नहुने भएपनि यस्तो विचित्रको अवस्था केही दिनदेखि नेपालको संविधानसभामा देखिइरहेको छ । सत्तारुढ दल जसरी पनि बहुमतीयमा जाने र विपक्षी कुनै हालतमा पनि सहमति गर्नुपर्ने अडानकाबीच देश फेरि एक पटक मुठभेडको दिशातर्फ उन्मुख भएको छ ।

पछिल्लो समयमा एमाओवादीसहितका दलहरुलाई सरकारवादी पार्टीहरुले संविधानकै विरोधीको रुपमा चित्रित गर्दै सभाध्यक्ष मार्फत नै प्रक्रियामा जाने प्रस्ताव ल्याएपछि त्यसको विरोधमा विपक्षीले सडक प्रदर्शन सुरु गरेका छन् । त्यसै अनुसार आइतबार साँझ देशभर मसाल जुलुस सहित सभामुखको पुत्ला समेत जलाइएको छ ।

No comments:

Post a Comment