एजेन्सी । अतिबादी समुह बोकोहरामले विभिन्न ठाउँमा गरेका नरसंहारका खबर दिनदिनै आइरहेका छन् । मानिसलाई बन्धक बनाउनु र हत्या गर्नु उनीहरुका लागी सामान्य भएपनि पछिल्लो समय नाइजेरियाको बागामा बोकोहरामले गर्भवती महिलामाथि गरेको ज्यादतीले उनीहरुको त्रलुरता फेरी एक पटक बाहीरीएको छ । एम्नेस्टी इन्टरनेसनलले बोको हरामको आक्रमणका क्रममा गर्भवती महिलालाई पनि नछाडिएको दाबी गरेको छ।
एम्नेस्टीका अनुसार पछिल्लो ६ वर्षमा यो बोकोहरामको सबैभन्दा भीषण आक्रमण हो। आक्रमणमा बच्न सफल एक प्रत्यक्षदर्शीले मानवाधिकार संस्था एम्नेस्टीलाई कयौं जानकारी दिएका छन्। आतंककारीहरूले अन्धाधुन्ध गोलाबारी गरेर कयौं महिलाको हत्या गरेको र ससाना बालबालिकाको पनि क्रूरतापूर्वक हत्या गरिएको उनले बताए। ती प्रत्यक्षदर्शीले भने, ‘मैले एक गर्भवती महिलाको शव देखें। उनको शरीरबाट आधा बच्चा बाहिर आइरहेको थियो।’
एम्नेस्टीले उत्तरपूर्वी नाइजेरियाको बागामा जनवरी ३ मा भएको आक्रमणमा सयौंको हत्या भएको दाबी गरेको छ। विशेषगरी सेनालाई सहयोग गर्ने नागरिकहरूको हत्या गरिएको देखिन्छ। एक अज्ञात प्रत्यक्षदर्शीले भने, ‘मैले आफैं एक सय शव गनें। म झाडीमा लुकेर हेरिरहेको थिएँ। बोको हराम आतंककारीले भागिरहेका सर्वसाधारणमाथि अन्धाधुन्ध गोलाबारी गरे।’ एक अन्य महिलाले भनिन्, ‘मलाई थाहा छैन कतिजनाको हत्या भयो, तर मैले त्यहाँ शवैशव देखें।’ करिब दुई हजारको मृत्यु भएको बताइएको छ।
प्रतिक्रिया व्यक्त गर्नुहोस
No comments:
Post a Comment