Thursday, 22 January 2015

केही रुपैयाका लागि यस्तो पनि गरे,,,,,

माघ ९
तस्करी के के चिज , पदार्थ या वस्तुको हुने गर्छ भनेर हामी प्रश्न गर्यौ भने यसमा सबैको फरक फरक जवाफ आउँला । कसैले लागुऔषध भन्ने जवाफ देला त कसैले अवैध सामग्री, चल्ला लगायतका विभिन्न जवाफहरु आउँला । 
तर विश्वकै कुनै ठाउँमा नवजात शिशुको पनि तस्करी भयो भन्दा सायद यो खबर भने आश्चर्यजनक नै होला । डेली मेलको खबर अनुसार हालै चीनमा प्रहरीले स्यानडोङ्ग प्रान्तमा छापा मार्यो जहाँ, यस्तो बेबी फ्याक्टको भण्डाफोर हुन पुग्यो जुन ठाउँमा महिलाहरुले बच्चालाई जन्म दिन्थिन् । 

यी महिलाहरु मध्य धेरैजसो एड्सबाट संक्रमित भएका छन् । चन्द रुपैयाको लागि यी महिलाहरु यस फ्याक्ट्रीका शिशुलाई जन्म दिइन्थो अनि तस्करहरुलाई बेचि दिन्छन् । तस्करहरुले त्यस्ता जोडीलाई यी शिशुहरु बच्ने गर्छन् , जसको कुनै सन्तान छैन । 

साथै ती दम्पतीले शिुश बापत ती तस्करहरुलाई रुपैया समेत दिन्छन् । प्रहरीले जब यस फ्याक्ट्रीमा छापा मार्यो तब त्यहा ३७ वटा शिशुहरु भेटिएको थियो । अर्थात् त्यहा शिशुहरुको तस्कर सुचारु भैरहेको थियो । 

यसका साथै त्यहाँ १ सय ३ जना मानिस पनि भेटिएको थियो , जो बच्चा जन्माउन देखि लिएर किन्ने मानिसहरुको भीड थियो । त्यहाँ जन्माइएको बच्चा बिमार र कमजोर थियो । कानुनका अनुसार यस घटनामा यदी कोही व्यक्ति तीन पटक भन्दा पक्राउ पर्छन् भने  उसलाई मृत्युदण्डको सजाँय हुनेछ । ( एजेन्सीको सहयोगमा ) 

No comments:

Post a Comment