काठमाडौं, राजधानीमा सबैभन्दा धेरै ट्राफिक समस्या रहेको कलंकी चोकमा अन्डरग्राउन्ड ‘सब वे’ निर्माण गरिने भएको छ । राजधानीको कोटेश्वर–कलंकी सडक निर्माणअन्तर्गत कलंकीमा ‘सब वे’ निर्माण गरिन लागिएको हो ।
आजको नयाँ पत्रिकाको एक समाचारमा सडक विभागलाइ उद्धृत गर्दै जनाइए अनुसार ‘सब वे’ चार लेनको र चौडाइ १५.५ मिटरको हुनेछ । सड्क विभागका उपनिर्देशक सञ्जयकुमार श्रेष्ठले चक्रपथ परिक्रमा गर्ने सवारीसाधनले मात्रै ‘सब वे’ प्रयोग गर्न पाउने गरी निर्माण गरिने बताउनु भएको छ । कोटेश्वर–कालिमाटी–पुरानो बसपार्क जाने सवारीसाधनले ‘सब वे’ को दायाँतर्फको लेन प्रयोग गर्न सक्नेछन् भने कोटेश्वर तथा नागढुंगा जाने सवारीसाधनले भने ‘सब वे’को बायाँतर्फको लेन प्रयोग गर्न सक्नेछन् ।
त्यस्तै उपत्यका बाहिरबाट आउने सवारीसाधनहरूले भने ‘सब वे’बाहेक जुनसुकै लेन प्रयोग गर्न सक्नेछन् । ‘अन्डरग्राउन्डको लेन चक्रपथ हिँड्ने सवारीसाधनले मात्रै प्रयोग गर्न पाउनेछन्, अन्यले भने आवश्यकता अनुसारको लेन प्रयोग गर्न सक्नेछन् ।’ उपनिर्देशक श्रेष्ठले बताएका छन ।
त्यस्तै पैदलयात्रीका लागि भने अहिलेको ‘ओभरहेड ब्रिज’ भत्काएर जेब्राक्रसिङको व्यवस्था गरिने भएको छ । अहिलेको ‘ओभरहेड ब्रिज’ भत्काएर त्यसको ठाउँमा जेब्राक्रस राखिने कुरा समाचारमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment