Sunday, 25 January 2015

तीन मिनेटको ७५ लाख लिने को ?

एजेन्सी– सलमान खानसँगको ‘किक’ फिल्मपछि चर्चामा आएकी अभिनेत्री ज्याकलिन फर्नान्डेजको भाउ बढ्दो छ ।
श्रीलंकन मोडल ज्याकलिन हाल बलिउडमा पहिलो राजाइमा पर्ने गरेकी छन् ।

उत्तर प्रदेशमा भएको एक कार्यक्रममा नृत्य गरेवापत उनले यसपटक त जादु नै चलाइन् । ज्याकलिनले सो महोत्सवमा तीन मिनेट मात्र नृत्य गरिन् । तीन मिनेटको कति पैसा होला ? एक लाख, पाँच लाख, १० लाख यात २० लाख तर, ज्याकलिनले ७५ लाख लिएकी छिन् ।

सरसफाई कार्यक्रममा तीन मिनेटको ७५ लाख लिने ज्याकलिनले अन्य कार्यक्रममा कति लिने हो त्यो भने हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment