अघिकांश पुरुष महिलाबाट आफू के चाहन्छन्, भन्न हिच्किचाउँछन् ।
तर, त्यसको अपेक्षा भने राखिरहन्छन् । अपेक्षा पूरा नहुँदा व्यवहार
पनि बदलिने गरेका उदाहरण धेरै छन् । जानौँ, के चाहन्छन् पुरुषहरू
महिलाबाट :
प्रोत्साहन : पुरुषहरू प्रोत्साहनका निकै
प्यासी हुन्छन् । आफूले माया गर्ने व्यक्तिले आफूलाई
प्रोत्साहित गरोस् भन्ने उनीहरूको इच्छा हुन्छ ।
त्यस्तै, आफूलाई विश्वास गर्ने पुरुषहरू निकै मन पराउँछन् ।
महिलाको साथले पुरुषको इच्छाशक्ति नै परिवर्तन गर्न पनि मद्दत
पुर्याउँछ ।
सम्मान : पुरुषलाई सम्मान निकै प्यारो लाग्छ । तर,
यो कुरा उनीहरू भन्दैनन् । त्यसैले उपयुक्त विषय र
समयमा कुरामा सम्मान व्यक्त गर्न नचुक्नुहोस् ।
प्रशंसा : प्रशंसा पुरुषको पनि प्रिय हुन्छ । तर, झुटो प्रशंसा गर्नाले
फाइदा गर्दैन । राम्रो कुराको तारिफले सम्बन्धलाई सुमधुर बनाउन
महत्त्वपूर्ण भूमिका खेल्छ ।
स्वतन्त्रता : स्वतन्त्रता पुरुषलाई निकै प्रिय लाग्छ । यसको अर्थ
उनीहरूलाई एक्लै छाडिदिने भन्ने होइन । तर,
केही काम आफ्नै खुसीले गर्न चाहन्छन्
भने त्यसमा हस्तक्षेप नगर्दा खुसी हुन्छन् । त्यस्तै
उनीहरूलाई आफ्ना साथीहरूसँग समय
बिताउन दिनुहोस् ।
साथ : पुरुषहरू महिलाको साथ निकै मन पराउँछन् ।
उनीहरूलाई प्रिय लाग्ने
क्रियाकलापमा महिलाको सहभागिता खोज्छन् ।
मधुर आवाज : पुरुषहरू महिलाले सुरिलो आवाजमा बोलेको मन पराउँछन् ।
महिलाको मधुर आवाजले पुरुषलाई प्रभावित पार्न र शान्त बनाउन पनि धेरै
मद्दत गर्छ ।
कदर : आफूले गरेको कामको कदरको अपेक्षा पुरुषको स्वाभाव हो ।
आफ्नो काममा धन्यवाद मात्रै पाए पनि उनीहरू फुरुंग
हुन्छन् ।
Thursday, 29 January 2015
महिलाबाट के के चाहन्छन् पुरुष ? महिलाले जान्नैपर्ने कुराहरु…
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment