मंगलबार बिहान संविधान सभामा कुर्सी तोडफोड गर्ने एकजना मुख्य सभासद हुन्- उमेशकुमार यादव। एओवादीबाट गत संविधानसभामा सप्तरी क्षेत्र नम्बर तीनबाट प्रत्यक्ष निर्वाचित यादव ५५ सालदेखि तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भएका थिए।
यादव २०४८ सालमा पाटन संयुक्त क्याम्पसमा विएस्सी भर्ना भएका थिए। तर उनले पढाइ पूरा नगरी कलेज छोडे। मंगलबार बिहान संविधानसभा भवन नयाँ बानेश्वरमा तोडफोड गर्ने काममा उनको सबैभन्दा उग्ररुप देखियो। उनी भन्छन्, 'मैले मर्यादाभित्रै रहेर बिरोध गरेको हूँ।' उनले कुर्सी फुटाउने व्यवहार आक्रोशित अवस्थाको प्रतिक्रिया भएको नागरिकन्युजलाई बताए।
No comments:
Post a Comment