व्यवसायी व्यवसायमा फिर्ता
काठमाडौँ, ९ माघ ।
गत
वर्षकोभदौमाभएकोबर्डफ्लुकोमाहामारीमापरेकाकुखुरापालक
व्यवसायीमध्ये ८० प्रतिशत
व्यवसायी आफ्नो पुरानो व्यवसायमा फिर्ता भएका छन् ।
बर्डफ्लुको मारका कारण उपत्यकामा मात्रै कुल रु तीन
अर्बकोक्षतिभएपछिकेहीव्यवसायीबाध्यात्मक
अवस्थामा पुरानो व्यवसायबाट अन्य व्यवसायमा लागे पनि ८० प्रतिशत
व्यवसायी पुनः कुखुरापालन व्यवसायमै फर्केका हुन् ।
व्यवसायमा एकाएक रुपमा आइपरेको माहामारीले
व्यवसाय नै गम्भीर सङ्कटमा परेको र सरकारबाट
अपेक्षित सहयोग पनि प्राप्त गर्न
नसकेको व्यवसायीको गुनासो छ ।
बर्डफ्लुले उपत्यकामा मात्रै रु तीन अर्ब क्षति भए
पनि सरकारबाट कृषकलाई हालसम्म रु २५ करोड मात्र अनुदान
सहयोग उपलब्ध गराइएको कुखुरापालक किसान सङ्घ
काठमाडौँका अध्यक्ष गणेश कुँवरले जानकारी गराउनुभयो ।
उपत्यकाभित्र काठमाडौँमा लगभग ३०० को सङ्ख्यामा र भक्तपुरमा ५००
को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेका छन् ।
सरकारले बर्डफ्लु पीडित व्यवसायीलाई
बोइलरप्रति कुखुरा रु १३० र अन्य जातको प्रतिकुखुरा रु २५० अनुदान
सहयोग उपलब्ध गराएकामा पछिल्लो समयमा उक्त अनुदान
सहयोगमा ७० प्रतिशत थप गर्ने निर्णय गरेको कुँवरले बताउनुभयो ।
रासस
Friday, 23 January 2015
असी प्रतिशत कुखुरापालक व्यवसायी व्यवसायमा फिर्ता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment