स्वदेशमा काम नपाएको भन्दै दैनिक १५
सयभन्दाबढीनेपालीयुवाबिदेसिइरहँदानेपालमै
काम गर्न आउने विदेशी पनि उल्लेख्य छन् ।
धेरैजसो नेपाली खाडी मुलुकमा जस्तो काम
गर्छन, ठीक त्यस्तै अर्थात निर्माण क्षेत्रमा आउने
कामदारको संख्या निकै बढेको छ ।
नेपालका ठूला परियोजना विदेशी ठेकेदारमार्फत कार्यान्वयन
हुन थालेपछि विदेशी कामदारका लागि पनि नेपाल आकर्षक
गन्तव्य बनेको छ ।श्रम विभागको अध्ययनअनुसार नेपालमा करिब ५०
हजार विदेशी कामदार छन् । तीमध्ये
अधिकांश निर्माण क्षेत्रमा छन् ।
सेवा क्षेत्रमा पनि विदेशी धेरै छन् ।
यो संख्या भारतीयबाहेकको हो ।
खुला सीमा, समान संस्कृति तथा रहनसहनका कारण
औपचारिक क्षेत्रमा काम गर्ने भारतीय र
नेपाली कामदारको अन्तर छुट्याउन सकिँदैन् ।
विभागका अनुसार नेपालमा कार्यरतमध्ये करिब २० प्रतिशत (१० हजार)
विदेशी कामदारले मात्र
श्रमस्वीकृति लिएका छन् । कानुनतः सबै
विदेशी कामदारले श्रम विभागबाट
पूर्वस्वीकृति लिएरमात्र काम गर्नुपर्ने प्रावधान छ । श्रम
ऐनमा कूटनीतिक सुविधा पाउने व्यक्तिबाहेक अन्य
कर्मचारी/कामदारले अनिवार्य
रुपमा श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ ।
Tuesday, 27 January 2015
नेपालमा ५० हजार विदेशी कामदार !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment