Saturday, 24 January 2015

बन्ने नै भयो 'काठमाडौँ भ्यू टावर'

काठमाडौँ, ११ माघ, महानगरपालिकाले पुरानो बसपार्कमा २१ तले 'काठमाडौँ भ्यू टावर' को विस्तृत अध्ययन (डीपीआर) अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा टावर निर्माण गर्न महानगरले जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीलाई दुई वर्षअघि नै छनोट गरेको थियो । 'लेखा समितिले विस्तृत अध्ययन गरेर निर्माण सम्झौता गर्न निर्देशन दिइसकेको छ, अध्ययन सिध्याएपछि निर्माण गर्न स्वीकृति दिन्छौँ' महानगरका सूचना अधिकृत महेश काफ्लेले भने, 'अब निर्माण प्रक्रिया सुरु भयो भन्दा पनि हुन्छ ।' उनले महानगरले ६ महिनाभित्र विस्तृत अध्ययन गरी निर्माण थालिने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार टावर निर्माण हुनेछ ।

६ महिनापछि काम सुरु गर्ने, ३ वर्षभित्र सक्ने

भ्यु टावरको भूमिगत दुई तल्लामा पार्किङ, त्यसभन्दा माथि बस, टेम्पो लगायतका सवारी साधान, मोटरसाइकललगायतका स्टेशन बनाइनेछ । टावरबाट पुरै काठमाडौँको दृश्यावलोकन गर्न सकिनेछ । निर्माण सम्पन्नपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, उनले बताएको आजको कान्तिपुरमा समाचार छ ।

अत्याधुनिक प्रविधिबाट निर्माण हुन लागेको भ्यू टावर दक्षिण एसियाकै पहिलो हुने दाबी महानगरको छ । टावरका प्रत्येक तला चौबिसै घण्टा खुल्ला रहनेछन् । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले अन्तिम सम्झौता हुन बाँकी रहेको उल्लेख गर्र्द तीन वर्षभित्र निर्माण सम्पन्न गरिने बताए।

No comments:

Post a Comment