हँसमुख रहनु अर्थात् हाँस्नु सरीरका लागि फाइदाजनक
हुने.कुरा हामीले सुनकै वा महसुस
गरेकै कुरा हो । वैज्ञानिकहरुका अनुसार हाँस्नु
सरीरको स्वास्थ्यका लागि सबैभन्दा उत्तम
औषधि तथा व्यायाम हो । चिकित्सकहरुले
विरामी मानिसहरुलाई समेत हाँस्न सल्लाह दिन्छन् ।
हाँसोले जिउको दुखाई समेत कम हुन्छ । हाँस्ने भन्ने
बित्तिकै ठूलो आवाज निकालेर अट्टहास गर्नैपर्ने
होइन, मुस्कुराहट वा मन्द हाँसो समेत पर्याप्त हुन्छ ।
विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-
१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल
वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने
मानिसको आयु खासै हँसमुख नहुनेको
भन्दा ६ वर्ष बढ्ने बताइएकेा छ ।
२. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले
उर्जावर्धक चिजको काम गर्छ ।
मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ
जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स
बनाउँछ ।
३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै
लाभदायक हुन्छ । हाँसोले
सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ
जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ
पनि कम हुन्छ ।
४. हाँसो तथा मुस्कानले
सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले
व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन
गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय
बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् ।
हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् ।
त्यसैले हाँस्ने कामले
जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत
हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप
सन्तुलनमा सहयोग पूराउनुका साथै
हृदयाघातको जोखिम समेत घटाउँछ ।
६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र
होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब
तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र
एकअर्काको बढि सम्पर्कमा आउँछन्,
व्यायामका बेलामा जस्तै । तसर्थ
मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै
हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।
७. हाँसोले मानिसको सरीरमा सकारात्मक
उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने
वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत
सहयोग गर्दछ ।
८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव
तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र
जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त
हाँसो आवश्यक हुन्छ ।
९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले
आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ ।
हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल
हुन्छ ।
१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व
तथा समुहकार्यका लागि समेत सफल बनाउँछ ।
हँसिलो मानिसमा टिमवर्क
तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु
मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत
हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।
Tuesday, 27 January 2015
हाँस्नुका १० फाइदाहरु....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment