Saturday, 17 January 2015

संविधानको माग गर्दै राजधानीमा दिउसै नांगो जुलुस 

 दलहरुले पुर्वनिर्धारण गरेको संविधान जारी गर्ने मिति माघ ८ नजिकिँदै जाँदा काठमाडौँमा एक पछि अर्को गर्दै नयाँ र अनौठा दृश्यहरु देखिन थालेका छन् । निर्धारित समयमा संविधान माग गर्दै आएको नेकपा एमाले निकट भातृ संगठनले शनिबार अर्धनग्न जुलुस निकालेर नाराबाजी गर्दै संविधानको माग गरेको छ ।

सैयौँको संख्यामा शरीरको माथिल्लो भागलाई नग्याएका युवाहरुले जातिय राज्य चाहिँदैन, देश टुक्रयाउन पाइदैन भन्दै नारा लगाएका थिए । माघ ८ भित्रै संविधान नबनाए ६०१ सभासदहरु नांगिने भन्दै अर्धनग्न जुलुस प्रदर्शन गरिएको युवासंघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए । काठमाडौँको बुद्धनगर स्थित युवा संघको कार्यलयबाट सानो झुण्डमा निस्केको अर्धनग्न जुलुस संविधानसभा भवनको निशेधित क्षेत्र सम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

राजधानीको मुल सडकमा अर्धनग्न बनेका युवाहरुले करिब १ घण्टा गरेको प्रर्दशनबाट आक्रान्त बनेका जनताले भने आफैं सरकारमा बसेर जनतालाई संविधान दिन नसकेका सत्तापक्षकै नेता कार्यकर्ता समेत संविधानको माग गर्दै सडकमा उत्रनु नाटक मात्रै भएको बताए ।

No comments:

Post a Comment