Friday, 23 January 2015

संविधान जारी गर’ भन्दै सभासदहरुको किरिया बसेपछि….

कन्चनपुर, महेन्द्रनगरमा आज एउटा अचम्मको दृष्य देखियो । माघ ८ भित्रमा संविधान जारी गर्न असफल भएको भन्दै कन्चनपुरका एक जना युवा सभासदहरुको किरियामा बसेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका ४ बस्ने ३० वर्षीय डम्बर खड्का सभासदहरुको किरिया बसेका छन । उनी बिहीबार (आज) बिहानैदेखि महेन्द्रनगरको मदनचोकमा कपाल खौरिएर ‘नयाँ संविधान जारी गर’ भन्दै सभासदहरुको किरियामा बसेका हुन् ।

संविधान निर्माणका लागी दवाव स्वरूप गरिएको यो घटनाले अहिले सामाजिक सञ्जालका साथै मिडियाहरूमा निकै चर्चा पाएको छ ।

No comments:

Post a Comment