Saturday, 24 January 2015

गरे के हुँदैन ? सजिलै कमाइन्छ मासिक दुई लाख

मेहेनती र लगनशील भएर परिश्रम गर्ने हो भने स्वदेशमै मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरु यतिबेला कृषि र पशुपालनमा लाग्दै आएका छन् ।

यस्तैमा पर्दछन् इलामका एक किसान । जसले पराम्परागत रुपमा अग्र्यानिक तवरले सुन्तलाखेती गर्दै मासिक र्दु लाख रुपैयाँको हाराहारीमा कमाइ गर्दआएका छन् । विषादीको प्रयोग नगरे सुन्तलाखेतीमा रोग किराले सताउने जस्ता गाउँघरमा हल्ला सुन्दै आए पनि इलाम नगरपालिका–८ सिङ्फिरिङका टङ्क रायले भने फरक किसिमले सुन्तलाखेतीबाट वार्षिक रुपमा लाखौँ रुपैयाँ आर्जन गर्दै आएका छन् ।

विसं २०४३।०४४ मा तत्कालीन नगर पञ्चायत जेटिए राजेन्द्र खरेलको सल्लाहअनुसार धनकुटाबाट सुन्तलाको बिरुवा झिकाएर पहिलो पटक सुन्तालाखेती गर्न थालेका राय अहिले गाउँमै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने व्यक्तिका रुपमा परिचित छन् । सुरुमा उनले डेढसय बिरुवा खरिद गरेर रोपेका हुन् ।

रायको बारीमा अहिले २०० को हाराहारीमा सुन्तलाको बोट छ । एक बोटबराबर उनले एक हजार ५०० देखि २० हजार सुन्तलाको दाना उत्पादन गर्छन् । सुन्तलाखेती विशुद्ध अग्र्यानिक भएकाले विभिन्न रोग किराले सताउन थाले पनि उनले अहिलेसम्म बजारमा पाउने कुनै पनि विषादी प्रयोग नगरी खेती गरिरहेका छन् ।

कृषि विज्ञले सुन्तलाको अनुगमन गरेर दिएको सुझावअनुरुप सुन्तलामा गाईको गहुँतको प्रयोग गर्दै आएको उनको भनाइ छ । रायले दैनिकजसो बिहान बेलुका सुन्तालको बोटमा गाईको गहुँत छर्किने गरेका छन् । छ रोपनी जमिनमा उत्पादन हुने सुन्तलाबाट वर्षको खर्च कटाएर रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएको उनी बताउँछन् । सुन्तलाखेतीमा विषादी प्रयोग नभएपछि अहिले ४०।५० बोटमात्र निरोगी देखिन्छ भने अन्य सबै रोगले भेट्न थालेको रायको भनाइ छ ।

खेती बालीमा विषादीको प्रयोगले विभिन्न रोग लाग्ने खतरा हुने भएपछि उनले विषादी प्रयोग नगरेको बताउँदै आएका छन् । सुन्तलामा रोगले सताए पनि उनले वार्षिक रुपमा नयाँ बोट थप्दै जाने तथा सुन्तलाखेतीसँगै अबको समयमा जमिनको तापक्रम बढेकाले लिचीखेतीसमेत गर्ने योजनामा छन् ।

सुन्तला उत्पादनका हिसाबले राम्रो हुन थालेपछि रायले पूर्वाञ्चल क्षेत्रभरि पु¥याउने भनेर समिति नै गठन गरेका थिए । तर गाउँमा विकास भएसँगै सबैले यसै खेतीलाई अङ्गाल्न थालेपछि गाउँमा सुन्तला मनग्य पाइन थालेको राय बताउँछन् । गाउँमा बनाएको समितिले धेरै जग्गा हुने किसानले चिया रोप्ने र थोरै जग्गा हुनेले सुन्तला रोप्ने सल्लाह गरेर सबै किसानले सुन्तलाखेतीलाई पहिलो प्राथमिकता दिएर सुन्तलाखेतीमा यहाँका किसान लागेका छन् ।

सिङ्फिरिङ–८ को डाँडा गाउँका करिब ५०।६० घर परिवार अहिले सुन्तलाखेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । यस क्षेत्रका किसानले सुन्तलालाई पहिलो आयस्रोतका रुपमा लिने गरेको पाइन्छ । सुन्तला बढी उत्पादन गर्नेले रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गर्छन् भने कम उत्पादन गर्ने किसानले पनि रु ३० देखि रु ६० हजारसम्मको सुन्तला उत्पादन गरेर छ महिना खाने अन्न किन्ने परम्परा देखिन्छ । यहाँका अधिकांश किसानले सुन्तला खेती गर्छन् ।

सुन्तलाबाट आएको आम्दानीले घरखर्च चलाउने, बालबच्चालाई पढाउनेलगायतका व्यापार व्यवसायमा लगानी गर्ने गरेका छन् । यहाँका किसानले यस वर्ष सुन्तला बेचेर रु ३० लाखजति आम्दानी गर्न सफल भएका छन् । सिङ्फिरिङ क्षेत्रमा पानीको अभाव रहे पनि उर्वरा भूमि पारिलो माटो भएकाले उत्पादित सुन्तला मीठो तथा स्वादिलो हुने गरेको छ । किसानले यस वर्ष सुन्तला बेचेर रु ३० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय इलामको वार्षिक तथ्याङ्कअनुसार, ३०९ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेती तीन हजार ६१२ मेट्रिकटन उत्पादन हुने गरेको जनाएको छ । कृषि कार्यालयले जिल्लाका सुम्वेक, सोयाक, वरबोटे, नाम्सालिङ, जिर्मले, गोदक, कन्याम, लक्ष्मीपुर, पशुपतिनगर लगायतका क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र मान्दै आएको छ । सुन्तलाखेती विस्तारका लागि कार्यालयले कृषि मन्त्रालयमार्फत मागसमेत गरेको जनाएको छ।

No comments:

Post a Comment