सिन्धुलीमाढी, माघ ४ गते । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाण्डौसँग जोड्ने जापान सरकारको सहयोगमा १७ वर्षदेखि निर्माणाधिन् १६० किमि लामो विपि राजमार्ग आईतबारबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको छ ।
उक्त राजमार्ग निर्माणको अन्तिमचरणमा रहेको सिन्धुलीको दुम्जागाविसस्थित साँदीमा सडक निर्माण कार्य पुरा भएपछि आईतबार दिउसो अनौपचारिक कार्यक्रम गरि सार्बजनीक यातायात सञ्चालनका लागि छाडीएको बर्दिबास–सिन्धुली–धुलीखेल सडक (बीपी राजमार्ग) आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सडक निर्माणमा संलग्न जापानीज हाज्मा÷आन्दो जेभि कम्पनीले पुरै सडकको निर्माण कार्य पुरा गरी सन् २०१५ मार्च १५(वि.सं.२०७१ साल चैत १ गते) मा नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।र्
खुर्कोट – नेपालथोक खण्डमा ठाँउ ठाँउमा अझै करिब तीन सय मिटर सडक राम्रोसँग निर्माण पुरा गर्न बाँकी छ,’ आयोजनाका ईन्जिनियर गोविन्दप्रसाद वाग्लेले गोरखापत्रसँग भन्नुभयोर्, साँदीमा सडक निर्माण गर्न बनाईएको बैकल्पिक कच्चि सडकबाटै अप्ठेरो रहेको र तलबाट सडक निर्माण सकिएकाले सार्बजनिक यातायात सञ्चालन गर्न छाडिएको हो ।’
आयोजना प्रमुख भरतकाजी देभाजुले बीपी राजमार्ग निर्माणको क्रममा हालसम्म २० अर्ब रुपैयाभन्दा बढी खर्च भई सकेको बताउनुभयो । उहाँका अनुसार सडकमा परेका घर जग्गाको मुआब्जा, रोयल्टी नेपाल सरकारले व्यहोरेको छ । बाँकी सबै खर्च जापानी सरकारको अनुदान हो । यो सडकको परामर्शदाताका रुपमा निप्पोन कोई कम्पनी लिमिटेड रहेको छ ।
बीपी राजमार्गलाई चार खण्डमा बिभाजन गरी सन् १९९६ (बि.सं.२०५२) सालदेखि निर्माण सुरु गरिएको थियो । जस अन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ कि.मि., दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि सडक र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि सडक निर्माण सम्पन्न भईसकेको छ । हाल तेस्रो खण्ड अन्तर्गत खुर्कोट–नेपालथोक ३६.५ किमि सडक निर्माणाधिन रहेको र यो खण्डको पनि ७ किमि सडकमात्रै पुरा हुन बाँकी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार बीपी राजमार्ग निर्माणको क्रममा नेपालमै पहिलो पटक नयाँ प्रविधिको रुपमा ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि प्रयोग गरि ठाँउ–ठाँउमा सडक निर्माण भएको छ । पहिरोलाई नियन्त्रण गर्न सटक्रिट(सिमेन्ट छ्याप्ने कार्य) र पहरो तथा थलथल भएको जमिनमा सडक निर्माण गर्न जियोटेक प्रविधि प्रयोग भएको छ ।
बीपी राजमार्ग निर्माणले महोतरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेको छ । काभ्रे, रामेछाप र सिन्धुली जिल्लाको भित्री भागमा यातायातको पँहुच पु¥याई आर्थिक तथा सामाजिक गतिशिलता ल्याउने, राजधानी काठमाण्डौबाट पुर्व तथा मध्य तराईको दुरी तथा समयमा बचत गराई यात्रु तथा मालसमानको ढुवानी खर्च घटाउने र राजधानी काठमाण्डालाई पुर्वि तथा मध्य तराईसँग जोड्ने बैकल्पीक राजमार्गको विकास गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको आयोजना प्रमुख देभाजुले जानकारी दिनुभयो ।
विपि राजमार्गको निर्माण २०१५ सालमा तत्कालीन जननिर्बाचित प्रधानमन्त्री विपि कोईरालाको परिकल्पना अनुरुप त्यतिबेलै निर्माण सुरु भएको थियो । २०१७ सालको राजनीति परिबर्तनपछि बीपी राजमार्ग निर्माण आझेलमा परेको थियो । ०४६ सालको राजनीति परिबर्तनपछि पहिलो जननिर्बाचित सरकारको पहलमा ३७ वर्षसम्म ओझेलमा परेको विपि राजमार्गलाई चार खण्डमा विभाजन गरि जापान सरकारको आर्थिक सहयोगमा २०५२ सालदेखि निर्माण सुरु गरिएको हो ।
Sunday, 18 January 2015
पूर्वी नेपाललाई राजधानीसँग जोड्ने बीपी राजमार्ग सञ्चालनमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment