काठमाडौं, माघ १ । हरेकको भान्सामा अत्यावश्यक ठहरिने
तरकारीको सहायक वस्तु प्याज
कति समयदेखि प्रचलनमा आएको होला भन्ने रहस्य खुलेको छ ।
प्याज ४ हजार वर्ष पहिले पनि व्यन्जनहरुमा प्रयोग गर्ने
गरिएको खुलेपछि यसको उमेर पत्तो लागेको हो ।
‘मेसोपोटामियाकाल’मा लेखिएको एक लेखका माध्यमबाट फ्रेन्च
पुरातत्वविद्ले यसको खुलासा गरेका हुन् ।
/>
यो नै एउटा त्यस्तो खाद्यवस्तु हो, जसको १७५ देशमा उत्पादन
हुन्छ । भारत र चीनले त कूल प्याज उत्पादनको ४५
प्रतिशत हिस्सा राख्दछन् । तर, उपभोग भने
सबैभन्दा बढी लिबियाले गर्ने गरेको छ ।
येल विश्वविद्यालयको बेबिलोनिया संग्रहमा संकलित
तीन लेख पाककलाका लागि संसारकै
सबैभन्दा पुरानो मानिन्छ । जहाँ ४ हजार वर्ष पहिले नै प्याज
तरकारी परिवारमा सबैभन्दा प्रिय रहेको उल्लेख
गरिएको छ ।
त्यतिबेलाका मानिस हरियो प्याज, छोटो प्याज र लसुनको प्रयोग
गर्दथे । ४ हजार वर्षदेखि नै लोकप्रिय भएकै कारण
होला अहिले पनि यसको प्रयोग र माग उत्तिकै बढेको छ ।
यो खाद्यवस्तु मध्य एसियाबाट विश्वभर फैलिएको इतिहास
रहेको छ । (एजेन्सी)
Wednesday, 14 January 2015
प्याजको रहस्य खुल्यो, ४ हजार वर्ष पहिलेदेखि खाइँदैछ प्याज
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment