काठमाडौं, १६ माघ । बैंकमा चेक क्लियरिङ गर्दा अब
शुल्क तिर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शुल्क लिन छुट
दिएपछि चेक क्लियरिङ गर्दा शुल्क लाग्ने भएको हो ।
नेपाल बैंकर्स संघले शुक्रबार सूचना जारी गरी बैंकहरुलाई
ग्राहकबाटै शुल्क लिन भनेको छ ।
नेपाल राष्ट्र बैंकले एनसिएचएललाई तिर्नुपर्ने शुल्क
ग्राहकबाटै उठाउने नीति बनाएपछि चेक राफसाफ
(क्लियरिङ) गर्दा बैंकहरुले ग्राहकबाट शुल्क लिएका हुन् ।
नेपाल बैंकर्स संघको सूचना अनुसार पाँच सय
भन्दा माथिदेखि ५ हजार सम्मको चेकमा ग्राहकले ५
रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, ५
हजारभन्दा माथिका चेकमा १० रुपैयाँ,
विदेशी मुद्राको चेकमा १५ रुपैयाँ, स्पेशल क्लियरिङ
चेकमा सय रुपैयाँ र चेक फिर्ता भएमा पनि सय
रुपैयाँ लाग्ने छ ।
न्युनतम ५ सय रुपैयाँसम्मको चेकमा भने शुल्क लाग्ने छैन् ।
नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले
बैंकहरुको खर्च बढेकाले यस्तो व्यवस्था ल्याउनु
परेको बताउनुभयो
Friday, 30 January 2015
चेक साट्दा अब सय रुपैयाँसम्म शुल्क तिर्नुस !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment