नयाँ दिल्ली, पुस २८ - हरियाणा राज्यमा रहेको औद्योगिक
शहर गुढगाउँमा नेपाली युवती समेत राखेर
सञ्चालन हुँदै आएको ‘काठमाडौं–
स्टाइल’को क्यासिनोमा स्थानीय
प्रहरी प्रशासनले छापा मारेको छ ।
गैर कानूनी रुपमा संचालित क्यासिनोमा शनिबार साँझ
छापा मार्दा क्यासिनो टेबलमा रहेको २० लाख रुपैयाँसहित
क्यासिनो खेलमा रहेका ४३ व्यक्ति पक्राउ परेको जनाइएको छ । अमृतसर
घर भएका नरेश मल्होत्राले संचालन गरेको क्यासिनोमा काठमाडौंबाट
ल्याइएका ५ युवतीले ग्राहकसँग खेलका बारे ‘डिल’ गर्ने
गरेको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार
केही महिनायता संचालनमा आएको क्यासिनोमा प्रवेश
शुल्क १ लाख रुपैंयाँ राखिएको र यहाँ गुढगाउँ, फरिदाबाद,
दिल्लीदेखिका धनीमानी ग्राहकको जमघट
बढ्दै गएपछि सुराकी आधारमा छापा मारिएको हो । पक्राउ पर्ने
नेपाली युवतीमा मुना, सरिता,
रजनी, सम्झना र सोनम रहेको जनाइएको छ ।
क्यासिनोमा खानपिनसहित
निजी सुरक्षाकर्मी (बाउन्सर) को प्रबन्ध
गरिएको र दिनहुँ १ सयभन्दा बढी ग्राहक जाने
गरेको प्रहरी अधिकारीले
मिडियामा जानकारी दिएका छन् । क्यासिनो संचालक मलहोत्राले
काठमाडौंबाट ल्याइएका युवतीलाई मासिक २० हजार
रुपैंया तलब तोकेका थिए ।
Monday, 12 January 2015
‘काठमाडौं–स्टाइल’ क्यासिनोबाट ५ नेपाली युवती पक्राउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment