काठमाडौं, ।
डीआइडी विजेता तेरिया मगरले नेपालमा हुन
लागेको साँस्कृतिक कार्यक्रममा धमाका मच्चाउने भएकी छिन् ।
भारतीय टेलिभिजन
जी टीभीको रियालिटी शो डीआइडी लिटिल
मास्टरको उपाधि जित्न सफल
रुपन्देहीकी मगर सांस्कृतिक
कार्यक्रमका नेपाल आउदैछिन् ।
फागुन ७
देखि रुपन्देहीको बुटवलमा आयोजना भइरहेको तेरिया साँझमा उनले
धमाका मच्चाउन आउने लागेकी हुन् ।
उनी आउने भएपछि बुटवलमा भव्य
तयारी हुन थालेको छ ।
वागेश्वरी संगीतालय, लायन्स क्लब अफ
लुम्बिनी, लायन्स क्लब अफ शंकरनगर, लायन्स क्लब अफ
लुम्बिनी बुद्ध, लायन्स क्लब अफ बुटवल
सयपत्रीको संयुक्त आयोजनामा तेरिया साँझ २०७१
आयोजना हुन लागेको कार्यक्रमका संयोजक तथा तेरियाका गुरु सुरेश
सेन्चुरीले बताए ।
सफल रुपमा कार्यक्रम सञ्चालन गर्न २१ सदस्यीय मूल
समितिले तिव्र तयारी थालेको छ । कार्यक्रमका लागि सहयोग
समेत जुटाउन शुरु गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारका साथसाथै
वागेश्वरी संगीतालयका कलाकारको प्रस्तुति रहने
छ ।
Thursday, 29 January 2015
डीआइडी विजेता तेरिया मगरले धमाका मच्चाउन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment