दाङ-एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले
आह्वान गरेको बन्दको विरोधमा दाङका सर्वसाधारण सडकमा उत्रिएका छन्।
बन्दको विरोधमा स्वस्फुर्त सडकमा उत्रिएका सर्वसाधारणले
घोराहीमा प्रदर्शन गरेका छन्। उनीहरुले
बन्दको विरोधमा चर्का नारावाजी गर्दै बन्द खुलाउन दवाव
दिइरहेका छन्। सर्वसाधरणले बन्द
आयोजकको विरोधमा नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए।
यसैविच स्थानीयको चर्को दवावका कारण ३०
दलीय मोर्चाले बन्दको समय घटाएको छ।
स्थानीयको दवाव तथा मागलाई मध्यनजर गर्दै बन्दको समय
तीन घण्टा घटाइएको एमाओवादी जिल्ला उपाध्यक्ष
निर्मल आचार्यले बताए।
अपरान्ह ४ बजेसम्मका लागि तय गरिएको बन्द दिउँसो एक बजेसम्म मात्रै
सिमित गरिएको उनले जानकारी दिए। बन्दको समय घटाउन दाङ
उद्योग वाणिज्य संघले पनि तीस दलीय मोर्चालाई
आग्रह गरेको थियो।
Tuesday, 13 January 2015
बन्दको विरोधमा प्रदर्शन, सर्वसाधरणको दवावले बन्दको समय घट्यो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment