Wednesday, 14 January 2015

जबर्जस्ती संविधान जारी भए विद्रोहः अध्यक्ष दाहाल

लहान, पुस ३० - एमाओवादी अध्यक्ष पुष्पकमल
दाहालले अङ्क गणितीय
आधारमा जबर्जस्ती संविधान जारी भए जनताले
विद्रोह गर्ने चेतावनी दिएका छन् ।
नवघोषित सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरपरिषद्को बुधबार
उदघाटन गर्दै अध्यक्ष दाहालले विगतको सम्भौता र अन्तरिम
संविधानको भावनालाई लत्याएर अङ्क गणितीय आधारमा संविधान
ल्याए उत्पीडित जनताले विद्रोह गर्ने बताए ।
उनले विगतमा भएका जनयुद्ध, जनआन्दोलन र मधेस
आन्दोलनको क्रममा भएका सहमति र सम्भौता तथा अन्तरिम
संविधानको भावना विपरीत कांग्रेस र एमालेले दुई
तिहाईको आडमा जबर्जस्ती संविधान
जारी गर्न खोजेको छ । उनले भने, ‘त्यसो भए,
जनता स्वतन्त्र छन्, उनीहरु जे पनि गर्न सक्छन्,
अन्त्यमा आफ्नो अधिकारका लागि जनताले विद्रोहसमेत गर्न सक्छ ।’
आन्दोलनका क्रममा सहमति गर्ने, सहमतिमै अन्तरिम संविधान
जारी गर्ने तर अहिले आएर दुई
तिहाईको दम्भमा ती सबै कुरालाई बिर्सेर वर्तमान सरकार र
कांग्रेस, एमाले जबर्जस्ती संविधान जारी गर्न
खोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
संविधान निर्माणको बल कांग्रेस र
एमालेको कोर्टमा रहेको टिप्पणी गर्दै ३०
दलीय मोर्चाका संयोजकसमेत रहेका अध्यक्ष दाहालले
आफ्नो नेतृत्वको दलीय मोर्चाले भोलि कांग्रेस र एमालेसँग
निर्णायक वार्ता गर्ने बताए ।

No comments:

Post a Comment