काठमाण्डु, ९ माघ– एकीकृत माओवादीसहित
विपक्षी दलका सभासदले मर्यादा पालकले संविधानसभाभित्र
आफूहरुमाथि दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरुले शुक्रबार संविधानसभा भवन
नयाँबानेश्वरमा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी त्यसबारे
सामूहिक रुपमा ध्यानाकर्षण गराएका हुन् ।
महिला सभासदका साथमा एमाओवादी अध्यक्ष पुष्पकमल
दाहाल ‘प्रचण्ड’ पनि नेम्वाङलाई भेट्न गएका थिए ।
त्यस क्रममा महिला सभासदले संविधानसभा बैठक अवरुद्ध गर्ने
क्रममा पुरुष मर्यादापालकले आफूहरुको संवेदनशील
अंगमा हाल लगाएको भन्दै
त्यस्ता मर्यादापालकमाथि कारबाही गर्न
सधाध्यक्षको ध्यानाकर्षण गराएका थिए ।
‘मर्यादा पालकहरुले महिला सभासदहरुको संवेदशनशील
अंगमा अँठ्याउने
र सुम्सुम्याउने गरेकोबारे सभाध्यक्षको ध्यानाकर्षण गरायौं’,
एमाओवादी सभासद रुपा महर्जनले भनिन्,
‘त्यस्ता मर्यादापालकमाथि कारबाही हुनुपर्छ भन्ने
हाम्रो माग हो ।’
उनले सभासदमाथि समेत अभद्र व्यवहार गर्ने
सुरक्षाकर्मीले सर्वसाधारण महिलामाथि कस्तो व्यवहार
गर्लान् भन्ने प्रश्न गरिन् । एमाओवादीकै सभासद राधिका तामाङले
आफूहरुले राखेको विषयलाई सभाध्यक्षले गम्भीर
रुपमा नलिएको आरोप लगाइन् ।
‘हामीमाथि भएको अभद्र व्यवहारबारे
जानकारी गराउँदा उहाँ चुपचाप बस्नुभयो’, तामाङले भनिन्,
‘उँहाले गम्भीर रुपमा लिनुभएन, के भएको रहेछ म
बुझौंला भन्ने औपचारिक कुरा गरेर टार्नुभयो ।’
Friday, 23 January 2015
मर्यादापालकले महिला सभासदको संवेदनशील अंग सुम्सुम्याएपछि…
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment