अहिलेसम्म नामै
नसुनिएको एउटा अमेरिकी कम्पनीले
हालसम्मकै सबैभन्दा धेरै क्षमता भएको एन्ड्रोइड
स्मार्टफोन बनाएको छ ।
हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स
एक्सपोमा सेगस नामक कम्पनीले ‘सेगस भी २’
नामको यस्तो फोन प्रर्दशनीमा राखेको थियो ।
यो फोनको मुख्य बिशेषता भनेको तपाईले यसमा ३२०
जीवीसम्म डाटा स्टोर गर्न सक्नुहुन्छ ।
फोनमा ६४ जीबी आन्तरिक क्षमता छ । जसमा १२८
जीबी क्षमताका दुईवटा माइक्रो एसडी कार्ड
प्रयोग गर्न सक्नुहुन्छ । माइक्रो एसडी र आन्तरिक
कार्डको क्षमता जोड्दा ३२० जीबी हुन्छ ।
पााच इन्च स्क्रिनयुक्त
यो फोनमा पछाडीको क्यामेरा २१ मेगापिक्सेल
क्षमताको छ भने सेल्फी क्यामेरा १३
मेगापिक्सेलको । दुवै क्यामेरा अप्टिकल इमेज
स्टेबलाइजेसन प्रबिधियुक्त छन् ।
यसमा वायरलेस चार्जिङ, वायरलेस एचडीएमआई
सुबिधा छन भने ३१०० एमएएच
क्षमताको ब्याट्री जडित छ । एन्ड्रोइड किटक्याट
४.४.४ अपरेटिङ सिस्टम लाग्ने
यो फोनमा पानी भित्र छिर्न सक्दैन् । एक मिटर
गहिरो पानीमा ३० मिनेट डुब्दा पनि फोन बिग्रदैन्
।
डिजाइनमा त्यति धेरै सिर्जनशील नभए
पनि नराम्रो भने छैन् । फोन उत्पादकले
आगामी फेब्रुअरीदेखि बिक्रि खुला गर्ने बताएका छन्
।
सेगसले अहिलेसम्म फोनमा उपलब्ध सवैखाले सुबिधालाई
उच्च बिन्दुमा दिन कोसिस गरेको देखिन्छ । स्टोरेज
क्षमतामात्र हैन, ब्याट्री क्षमता र
क्यामेराको क्षमता पनि उच्चबिन्दुमा दिएको छ ।
Friday, 16 January 2015
३२० जीबी क्षमता भएको एन्ड्रोइड फोन आयो....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment