Tuesday, 27 January 2015

क्रिकेट खेल्दा खेल्दै बलले लागेर अर्का क्रिकेटरको मृत्य

कराँची ।
पाकिस्तानको कराँचीमा क्रिकेट  खेल्ने
क्रममा बलले
लागेर एक युवा क्रिकेटरको मृत्यु
भएको छ ।ओरंगी टाउनमा १८ वर्षीय
जीशन मोहम्मद ब्याटिङ गरिहरेका बेला बलरले
प्रहार गरेको बल
उनको टाउकोमा लागेको थियो ।
बलले लागेर गम्भीर घाइते भएका उनलाई
उपचारका लागि अस्पताल पुर्याइएपनि डाक्टरले
मृत घोषणा गरेका थिए ।
पछिल्लो समयमा क्रिकेट खेल्ने क्रममा बलले लागेर
मृत्यु हुने घटना बढ्दै गएका छन् ।
२५ नोभेम्बरमा शेफिल्ड
शिल्डमा अस्ट्रेलियाका क्रिकेटर फिलिप
ह्युजको बलले लागेर मृत्यु भएको थियो भने उनकै
टिममा रहेका ड्यालियल ह्युज बलले लागेर बेहोस
भएका थिए ।

No comments:

Post a Comment