Thursday, 15 January 2015

धर्मको ‘रङ नम्बर' बहुचर्चित हिन्दी फिल्म ‘पीके' मा बारम्बार उल्लेख भएको एउटा विम्ब हो, रङ नम्बर।

धर्मको ‘रङ नम्बर'
बहुचर्चित हिन्दी फिल्म ‘पीके' मा बारम्बार
उल्लेख भएको एउटा विम्ब हो, रङ नम्बर। सचेत
जनता धर्मको नाममा भएका ठगी र
जालसाजीलाई ‘रङ नम्बर' भन्छन्।
त्यस्ता क्रियाकलापको दृश्य
खिची एउटा टेलिभिजन च्यानलमा पठाउँछन्।
‘भगवान्' कतिपयका लागि आस्था र
विश्वासको पुञ्ज हो।
तिनको आस्थाको अपमान गर्नु उचित होइन। तर,
त्यसको वास्तविकता उत्खनन् र स्वस्थ
आलोचना गर्ने अधिकार सबैलाई हुनुपर्छ। ‘पीके'
मा अर्को ग्रहबाट
पृथ्वीको जीवनशैली अनुसन्धान गर्न
आएको एलियनको कथा छ। त्यस
क्रममा उसको ग्रहबाट आउने यान बोलाउने
रिमोटरूपी लकेट चोरी हुन्छ।
रिमोटको अभावमा ऊ आफ्नो ग्रहमा फर्कन
पाउँदैन। प्रहरीदेखि सर्वसाधारण सबै उसलाई
‘भगवान्ले बाहेक कसैले उसको हराएको लकेट
फिर्ता दिलाउन नसक्ने' कुरा सुनाउँछन्। ऊ
भगवान्को खोजीमा लाग्छ। तर, यहाँ त
हिन्दुका एक खालका भगवान् छन्।
तिनका पूजाआजा र आराधनाको चालचलन एक
प्रकारको छ। इसाई, मुसलमान,
सिखको बेग्लाबेग्लै भगवान् र चालचलन छन्।
ती एक अर्कासँग मिल्दैनन्। एक दिन ऊ
ठूलो धार्मिक सभामा पुग्छ जहाँ उसको टलकदार
लकेटलाई शिवजीको डमरुबाट खसेको माणिक्य
भनेर तपस्वी रामपाल सर्वसाधारणलाई
ठगिरहेको हुन्छ। त्यसपछि उसलाई
धर्मका नाममा कति ‘रङ नम्बर' चलाइएको रहेछ
भन्ने प्रस्ट हुन्छ। अन्ततः ऊ
एउटा टेलिभिजनमा तपस्वीको जालसाजीको
भण्डाफोर गर्न सफल हुन्छ।
आफ्नो कर्म र भविष्यप्रति विश्वस्त हुन
नसक्नेहरूमा धर्मको ‘रङ नम्बर'ले गजबसँग काम गर्छ।
मेरै गाउँक्षेत्र भक्तपुरको कटुन्जे, गुन्डु, दधिकोटतिर
हरेक तप्काका व्यक्तिबीच ‘जय शम्भो'
थेगो अत्यन्त लोकप्रिय छ। मानौँ, यहाँ तपाईँ–
हामी सबैको जीवनको पटकथा लेख्ने उनै ‘शम्भो'
हुन्। ‘भगवान्' को भक्ति गरे, पुराण कथा सुने जस्तै
पाप पनि फच्चे हुने विश्वास गरिन्छ। अनि त
मानिसहरू जानीजानी गरेको पाप
‘भगवान्'को दर्शन गरेर ‘कट्टा' गर्छन् र भगवान्सँग
यस्तो पाप गरिरहन पाउने सुविधा माग्छन्।
दिनभरि सरकारी अड्डामा अनियमितता गर्नेहरू
, सेवाग्राहीलाई दुःख दिनेहरू, साँध मिचेर
आफ्नो जग्गा बढाउनेहरू, जालझेल गरेर
जग्गा कुम्ल्याउने दलालहरू
पनि भगवान्का नाममा थोरै दान गरेर ‘मुक्त'
हुन्छन्। परोपकारका लागि चुनादाम नदिनेहरू
धार्मिक काममा उदार हृदयले दान गरेर
आफ्ना सबै पापबाट सफाइ पाउँछन् अनि ‘भगवान्'
सँग यस्ता पाप गरिरहन पाउने लाइसेन्स माग्छन्।
कतिपयले भने दानको ठूला राशि घोषणा गरेर
प्रमाणपत्र लिन्छन् र फूलमाला पनि लगाउँछन्। तर,
वाचा पूरा गर्दैनन्। यस्ता अनेक खबर आइरहेकै
बेला गएको मंसिरमा दधिकोटको अनन्तलिंगेश्वर
मा वृन्दावन बनाउने योजनासहित विराट
धान्याचल यज्ञ लगाइयो। मानिसले मन खोलेर
तुलादान, जग्गादान र धनधान गरे।
त्यसमा मानिसलाई दान गर्न दुई कुराले प्रेरित
गरेको थियो, एक आफ्नो क्षेत्रमा वृन्दावन बन्ने
सपना, दुई परलोक सुध्रने आशा। तर,
यसको अन्तर्यमा कमल
थापाको राप्रपा (नेपाल) ले हिन्दु राष्ट्रको रङ
नम्बर चलाइरहेको धर्म निरपेक्षतावादी कांग्रेस,
एमाले र माओवादी कार्यकर्तालाई समेत थाहै
भएन।
हिन्दु धर्ममा चार पुरुषार्थ धर्म, अर्थ, काम र
मोक्ष हुन्। धर्मयुक्त प्रयत्नले धन आर्जन
गरी आनन्दसाथ मुक्ति प्राप्त गर्नु मानव पुरुषार्थ
हो। फलको आशा नराखी निरन्तर काम गर्नु
कर्मयोग, दुःखबाट मुक्त हुनु ज्ञान योग,
सच्चिदानन्द स्वरूप प्राप्त गर्न राग, द्वेष नलिई
सुख, दुःख बराबर सम्झनु भक्तियोग, अहिंसा र
सत्यमा आस्था राख्नु राजयोग हो। मन, वचन र
कर्मले कसैलाई दुःख नदिनु अहिंसा हो। सत्य
बोल्नु, प्रिय बोल्नु, अप्रिय सत्य नबोल्नु, प्रिय
असत्य नबोल्नु यसका सिद्धान्त हुन्। हिन्दु
धर्ममा आदर्श जीवनका चार आश्रम छन्।
ब्रह्मचार्यमा समाज र
देशको कल्याणका लागि भौतिक र
आध्यात्मिक शिक्षा दिइन्छ।
गृहस्थाश्रममा विवाहित जीवन व्यतीत गरेर,
कर्तव्यनिष्ठ भएर व्यवहार चलाउनुपर्छ।
वानप्रस्थाश्रममा छोराहरूलाई घरबार सुम्पेर
आध्यात्मिक साधनामा लाग्न प्रेरित गरिन्छ।
सन्यासाश्रममा मोक्षका लागि सांसारिक
सुख त्यागेर तीनै लोकमा सारा संसारलाई स्वदेश
मानिन्छ। प्रत्येक मान्छेमा सत्व, रज र तम गुणहरू
हुन्छन्। तर, एउटा गुणको प्रधानता हुन्छ। अध्यापक,
दार्शनिक र लेखकहरूमा सत्व गुण, राजा,
सेनापति र नेताहरूमा रजोगुण, व्यापारी,
ज्यामी र श्रमिकहरूमा तमोगुण हुन्छ। वर्णाश्रम
व्यवस्था यसैबाट सुरु भयो। पुरोहित वर्ग
यसको व्याख्याता हुन थालेपछि जातिभेद सुरु
भयो। सबैको सेवा गर्नेहरू सबैभन्दा हेय मानिए
जसलाई शुद्र भनियो। महाभारत,
रामायणजस्ता आदर्श मानिएका ग्रन्थमा समेत
तिनलाई निकृष्ट भनियो। पितृ
तर्पणका लागि छोरा जन्माउनु अनिवार्य
मानियो। नारी दोसो दर्जामा दरिए।
यसरी अनेक विरोधाभासपूर्ण व्यवस्थाले हिन्दु
धर्मको वसुधैव कुटुम्बकमको मूल मर्ममाथि प्रहार
भयो।
धर्मको मूल चिन्ता मान्छेको दुःख हटाउनु र
जीवनलाई उन्नत बनाउनु हुन्छ।
हरेकजसो उत्पत्ति सामाजिक
परिवर्तनको आवश्यकताबाट भएको देखिन्छ।
स्वामी विवेकानन्द र हिन्दु
धर्मका अनुयायी महात्मा गान्धीले
चालेका सामाजिक अभियान हेर्ने हो भने
धर्मलाई सामाजिक विकास, परिवर्तन र
भाइचारामा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने
महान् प्रेरणा लिन सकिन्छ। तर, धर्म
प्रकारान्तरमा सामाजिक परिवर्तनकै बाधक
बनेका अनेक उदाहरण भेटिन्छन्। भारतीय लेखक
हरिशंकर परसाईले वैचारिक निबन्ध ‘धर्म और
सामाजिक परिवर्तन' मा धर्मको अन्तर्यबारे
राम्रो व्याख्या गरेका छन्।
बुद्धको समयमा थोरै मान्छे अति धनसम्पन्न
अनि बहुसंख्यक जनता अति शोषित थिए। उनले
यो सामाजिक तथा आर्थिक
व्यवस्थाप्रति विद्रोह गर्दै भने, अति भोग र
अति त्याग दुवै गलत छ। मध्य मार्ग अँगाल।
असीमित भोगले इन्द्रीयको बढ्दो इच्छा सन्तुष्ट
हुँदैन। त्यसले मान्छेलाई दुःखी बनाउँछ। स्वेच्छाले
सर्वस्व त्यागेर, सन्यास ग्रहण
गर्दा इन्द्रीयमाथि दमन गर्दैमा ब्रह्मज्ञान
मिल्दैन। मान्छे दुःखी नै रहन्छ।
बुद्धको कल्पना खासमा समाजवादको नजिक
थियो। तर, उनका अनुयायीले यस भौतिक
दुःखलाई आध्यात्मिक दुःखमा बदलिदिए।
त्यहाँ पुरोहितवाद छिर्यो्। अनेक कर्मकाण्ड
भित्रियो। मूर्तिपूजाविरोधी बुद्धकै मूतिहरू
संसारमा सबैभन्दा बढी बिक्न थाले।
बुद्धका अनेक अवतारका कथा बुनिए।
यो तन्त्रमन्त्र र भ्रष्ट साधनातिर लहसियो।
आखिर यो पनि पुरोहित वर्गले
सर्वसाधारणको विश्वासको अनुचित लाभ
उठाउने माध्यम बन्यो। मान्छेको दुःख निवारण
गर्ने व्यवस्था परिवर्तनको मुद्दा थाँती रह्यो।
क्राइस्टको विचार गरिब, दलित र
दासहरूको मुक्तिका लागि अचुक वाण थियो।
प्रारम्भिक युगमा यसले त्यस्ता काम गर्योि।
पछि रोमन साम्राज्यवादीले यसलाई
कब्जामा राखे र पूरै
युरोपका सामन्तहरूको हतियार बनाए।
यसरी यो धर्म पनि मुक्तिको उद्देश्यबाट
विचलित भएर दासता र दमनको धर्म हुन पुग्यो।
पादरीहरू शक्तिशाली वर्गमा रूपान्तरित भए।
तिनले सर्वसाधारणको विश्वासको अनुचित
लाभ उठाए। सर्वसाधारणलाई ठगेर स्वर्गमा सुख
साधन बुकिङ गर्न थाले। यसरी यो धर्म
युरोपका साम्राज्यवादीको सहायक भयो।
यसकै विरुद्ध मार्टिन लुथर किङले विद्रोह
गर्नुपरेको थियो।
इस्लाम धर्मका संस्थापक पैगम्बरको विचार
पनि भ्रष्ट र अन्यायी समाजविरुद्ध विद्रोह
थियो । मूर्तिपूजा, सूदखोरी, नैतिक
मूल्यको पतन र शोषणविरुद्ध उनले
नयाँ सामाजिक तथा अर्थव्यवस्था सुरु गरे ।
समूहका प्रधानलाई ‘ढाई' ले सबैलाई सबै
कुराको समान वितरण गर्थ्यो। एक
खालको कम्युन व्यवस्था थियो।
‘खलिफा'को हैसियत
पनि सर्वसाधारणको जस्तै हुन्थ्यो।
उसको पनि सार्वजनिक आलोचना हुन्थ्यो। हरेक
मुसलमानले आम्दानीअनुसार जाकात अर्थात्
आयकर तिर्नुपर्थ्यो। यो गरिब समुदायलाई
वितरण गरिन्थ्यो। इतिहासकारहरूका अनुसार
यो न्याय व्यवस्था चार खलिफाको कालसम्म
जम्माजम्मी साठी वर्ष चल्यो। पछि इशाई
धर्मजस्तै यो पनि सामन्तकै कब्जामा पुग्यो।
गरिबका लागि बटुलिने जाकात
सामन्तको खजानामा पुग्न थाल्यो। सामन्तहरूले
साम्राज्य फैलाउन इस्लाम धर्मलाई प्रयोग गर्न
थाले।
खासमा सबै धर्मले मान्छेको सुख, सन्तोष,
प्रगति चाहेका हुन्छन्। कटुता, द्वेष, घृणा, अहंकार
कुनै पनि धर्मले सिकाएका होइनन्। पैगम्बर मुहमदले
भनेका छन्, अल्लाह नमान्नेलाई दुःख नदेऊ।
यसो गर्दा अल्लाहका विरोधी झनै बढ्दै
जान्छन्। सम्राट अशोकले एक
शीलालेखमा लेखेका छन्, आफ्नो धर्म र
सम्प्रदायको मोहमा परेर जसले अरू
धर्मको निन्दा गरेर आफ्नो धर्मप्रति आदर प्रकट
गर्न खोज्छन्, तिनले आफ्नै धर्म र सम्प्रदायलाई
हानि पुर्यादउँछन्। तर, विडम्बना, संसारका हरेक
धर्ममा प्रकारान्तरमा यही दुर्घटना भएको छ।
सामन्त, साम्राज्यवादी, सूदखोर, व्यापारी,
पुँजीपतिले कब्जामा लिएर धर्मको सामाजिक
परिवर्तन र लोककल्याणको घाँटी रेटेका छन्
अनि अन्यायपूर्ण,
मानवताद्वेषी व्यवस्था चलाएका छन्। हरेक
धर्ममा यसरी ‘रङ नम्बर' चलिरहेको छ।
यसको पहिचान गरी सबैले सार्वजनिक गर्नु
जरुरी छ। अन्यथा, सामाजिक
परिवर्तनको आवश्यकताले थालिएका यी धर्म
आफैँमा पाप छोप्ने सुरक्षित माध्यममात्र बन्नेछन्।

No comments:

Post a Comment