Tuesday, 27 January 2015

विद्यालयको पढाई स्थगित गरि चलचित्रको प्रोमोसनमा


झापाको जुरोपानीमा मंगलबार
अचम्मैको दृष्य देखियो ।
शिक्षक देखि विद्यार्थीसम्म आफ्नो पढाई
स्थगित गरी एउटा चलचित्रको प्रवर्धनमा
जुटिरहेका थिए। श्रद्धा फिल्मस्
प्रा.लिको ब्यानरमा निर्माणाधीन चलचित्र
‘त, म र ऊ’
को प्रवर्धनका लागि जुरोपानीका सामुदायिक
र निजी विद्यालयहरुले
आफ्नो विद्यालयको नियमित पढाई नै स्थगित
गरी जुरोपानीकै एक मात्र प्रगती उच्च
माविको प्राङ्गणमा भेला भएका थिए ।
स्थानीय भानु स्पोर्टिङ
क्लबको आयोजना भनिएको कार्यक्रममा महानायक
राजेश हमाललाई सम्मान समेत गरिएको थियो ।
नियमित पठनपाठनलाई नै स्थगित
गरि विद्यालयका शिक्षक तथा विद्यार्थीहरु
एउटा चलचित्रको प्रवर्धनमा गएको विषयमा झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम
लुईटेलस“ग सम्पर्क गर्दा लुईटेलले आफूलाई यसबारे
जानकारी नआएकोले थप
जानकारी आएपछिमात्र प्रतिक्रिया दिने
बताए ।
तर लुईटेलले कुनै व्यक्तिबिशेषद्वारा निर्माण
गरिएको चलचित्रको प्रर्बधनका लागि विद्यालयको पठनपाठन
नै स्थगित गरेर विद्यार्थी र शिक्षकहरु
त्यसरी जान नहुने धारणा भने व्यक्त गरेका छन् ।
जिल्ला शिक्षा अधिकारी लुईटेलका अनुसार
बिद्यार्थीहरुलाई सांस्कृतिक सहयोग पुग्ने
कार्यक्रम भए त्यसलाई सहयोग गर्दा फरक नपर्ने
भएपनि यसरी एउटा क्लबको आयोजनामा गरिएको कार्यक्रम
त्यसमाथि ब्याक्ती बिशेषको लगानीमा निर्माणाधीन
चलचित्रको प्रोमोशनमा विद्यार्थीको पठनपाठननै
स्थगित गरेर जान भने मिल्दैन ।
जुरोपानीमा यसरी विद्यालयको पठनपाठन नै
स्थगित गरेर विद्यार्थीसहित शिक्षक समेत
पुगेका बिद्यालयहरुमा जुरोपानी ८
मा रहेको गौरिया निमाबि, प्रगति उच्च
मावि, न्यू भिजन एकेडेमी, ईमिनेन्ट
कंचनजंघा माबि, नमूना अग्रेजी माबि लगायत
रहेका छन् ।
यस
बिषयमा गौरिया निमाबिका प्रधानाध्यापक
बेणु प्रसाद अधिकारीस“ग बुझ्दा उनले
निमन्त्रणा पत्रमै पढाई स्थगित गरि सहयोग
गरिदिनु हुन अनुरोध गरिएका कारण आफूहरु
उपश्थित भएको प्रतिक्रिया दिए ।

No comments:

Post a Comment