Sunday, 25 January 2015

प्रवासी हिउँ पहाडमा यसरी फहरायो नेपाली झण्डा

माघ ११ गते-

इजरायलमा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) इजरायल शाखाले एक दिने माउण्ट खर्मन भ्रमण आयोजना गरेको छ ।
संस्थाका उपाध्यक्ष भोजराज क्षेत्रीको विशेष पहलमा संस्थाद्धारा आयोजना गरिएको एक दिने हिउँ पहाड खर्मोन भ्रमण आयोजना गरेको हो ।
भ्रमणका लागि २२ जनवरीमा बसेको स्काइप बैठकले गत साता अर्थात १७ जनवरीमा भ्रमण गर्ने निर्णय गरेको थियो ।
निरन्तरको वर्षातका बाबजुत पनि संस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुसहित ५५ जनाभन्दा बढि नेपालीले भ्रमणमा सहभागीता जनाएका थिए ।
विदेशी भूमिमा काम र घरपरिवारको सामिप्यताको अभावमा उदास भएको मनलाई हलुका पार्न र इजरायलमा रहेका नेपालीहरुबीचको सदासयता र सद्भावना कायम राख्न भ्रमणको आयोजना गरिएको अनेकस इजरायल शाखाकी अध्यक्ष लक्ष्मी अनुरागीले बताईन् ।
इजरायलमा हिउँ पहाडको रुपमा खर्मोन प्रसिद्ध मानिन्छ । खासगरी जाडोको मौसममा पर्यटकहरुको घुइँचो लाग्ने खर्मोनलाई इजरायलले राष्ट्रको आँखाका रुपमा व्यख्या गरेको छ ।
उत्तरी दिशाबाट सिरिया र लेबननको बीच सीमाना रहेको खर्मोन एउटा चट्टानको पहाड हो । यो सामुद्रिक सतहभन्दा २ दशमलव ८ सय १४ मिटर अर्थात ९ दशमलव २ सय ३२ फीट माथी पर्दछ । खर्मोनलाई हिउँको पहाड र सेतो पहाड पनि भनिन्छ ।
अनेकसले आगामी दिनमा पनि यस्ता भ्रमण र सामाजिक गतिविधीका कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
इजरायलका विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका नेपालीहरुद्धारा स्थापित यस संस्था गत डिसेम्बरमा पुनर्गठन गरिएको थियो । लक्ष्मी अनुरागीको अध्यक्षतामा पुर्नगठित कार्यसमितिको उपाध्यक्षमा भोजराज क्षेत्री र देवकी ढकाल, महासचिवमा रानु सुवेदी, सचिवमा पुजा चौधरी र कोषाध्यक्षमा कोपिला कोइराला निर्वाचित भएका थिए ।

No comments:

Post a Comment