Friday, 30 January 2015

सय भन्दाबढि मानव कंकाल फेला,मच्चियो हंगामा

सुन्दैपनि जिउ सिरिङ्गहुने १ सय भन्दा धेरै मानव कंकाल एकै स्थानमा फेला परेको छ । यो भारतमा भएको घटना हो । जहाँ एकैपटकमा १ सय भन्दा धेरै मानव कंकाल फेला परेका हुन् ।

भारत उत्तरप्रदेशको राजधानी लखनउसँग सीमा जोडिएको उन्नाव जिल्लामा एक सय भन्दा धेरै मानव कंकाल फेला परेको हो । यसरी मानव कंकाल फेला परेपछि यस बिषयमा भारतमा निकै चर्चा शुरुभएको छ ।
बर्षौंदेखि बन्द एउटा कोठा भित्र मानव कंकाल भेटिएको भारतीय अधिकारीहरुको भनाई छ । प्रहरीको टोलीले २५ वटा बोरामा मानव कंकाल फेला पारेको जनाइएको छ । सो कंकाल कहाँबाट कस्ले ल्यायो भन्नेबारे प्रहरी र सरकारी अधिकारीहरुले केही जानकारी दिएका छैनन् ।

उन्नाव जिल्ला प्रमुखका अनुसार सो स्थानमा सन् २००८ तिर प्रहरी अस्पताल थियो । जहाँ कंकाल फेला परेका छन्, त्यो अस्पतालको ‘स्टोर रुम’ थियो । तर सो कोठा बर्षौंदेखि बन्द थियो ।

No comments:

Post a Comment