Thursday, 8 January 2015

मोर्चाले जलायो ओलीको पुत्ला

पुस २४, जनकपुर ।
जनकपुरमा आज ३० दलीय मोर्चा सम्बद्ध
नेता तथा कार्यकर्ताले एमाले अध्यक्ष
केपी ओलीको पुत्ला जलाएका छन् ।
उनीहरुले ओली विरुद्ध
नाराबाजीसहित नगर
परिक्रमा गरी जनकचोकमा पुगेर उनको पुत्ला जलाएका हुन ।
जनकचोकमा आयोजित कोणसभामा उनीहरुले एमाले अध्यक्ष
ओली आफ्नो अभिव्यक्ति फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने
चेतावनी समेत दिए । एकीकृत
माओवादीका रामचन्द्र मण्डल,
सद्भावना पार्टीका प्रमोद साह, फोरम नेपालका मुकेश यादव
लगायतले ओलीको मधेस
विरोधी अभिव्यक्तिका कारण संविधान बन्ने वातावरण
विथोलिएको आरोप लगाएका थिए । बालुवाटारमा हिजो भएको चार
राजनीतिक शिक्तको बैठकमा एमाले अध्यक्ष
ओलीले मधेशी मोर्चा आबद्ध दलका नेतालाई
प्रदेश बनाउदा भारतको युपी बिहार पनि चाहिन्छ होल
भनि दिएको अभिव्यक्तिपछि मधेश केन्द्रित दल आक्रोशित भएका छन् ।

No comments:

Post a Comment