नवलपरासीको देउरालीस्थित नेपाल शान्ति माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि एकै व्यक्तिले रु.५० लाख दान गरेका छन् । नवलपरासीको रकुवामा जन्मिएका घनश्याम पाण्डेले आफ्ना बुबा कमलपाति र दाजु ध्रुवनारायणको सम्झनामा रकम प्रदान गरेका हुन् । पाण्डेले आफूले घर बनाउने रकम विद्यालयलाई सहयोग गरेको बताए । विद्यालयले २ माघदेखि मनाइरहेको रजत महोत्सवको अवसरमा उनले दान गरेका हुन् । विद्यालयलाई रु.७० लाख भन्दा बढी रकम सहयोग प्राप्त भइसकेको प्रधानाध्यापक लालचन्द लामिछानेले बताए । सबैभन्दा बढी चन्दा दिने पाण्डेलाई भने विद्यालय परिसरमा हात्ती सफारी गराइएको थियो ।
No comments:
Post a Comment