पोखरा- एकीकृत नेकपा माओवादीसहितको मोर्चाले
आइतबार आह्वान गरेको तमुवान क्षेत्र बन्दविरुद्ध
आमा समूह सडकमा उत्रेका छन्। बन्दले जनजीवन प्रभावित
पारेको भन्दै
विरोधमा आमा समूहको अगुवाईमा महिलाहरु
सडकमा उत्रेका हुन्।
लेकसाइडको जगदम्बा आमा समूहको नेतृत्वमा करिब १ सय
जना महिला बन्दविरोधी नारा लगाउँदै
सडकमा ओर्लेका थिए। उनीहरुले बन्दले जनताको ढाड सेक्ने
भएकोले बन्द सधैका लागि बन्द गर्नुपर्ने
नारा लगाएका थिए। महिला र्या लीको नेतृत्व
गरेकी जगदम्बा आमा समुहकी अध्यक्ष दुर्गादेवी पहारीले
बन्दले सबैलाई अप्ठेरो पारेकोले आफूहरु सडकमा उत्रेर
विरोध जनाएको बताइन्।
'हामीले बारम्बार बन्द नगरौ भन्दै आएका छौं। तर,
फेरि पनि बन्दको शृंखला सुरु भएको छ,' उनले भनिन्,
'त्यही भएर हामी विरोधमा उत्रेका हौं।' आइतबार
एमाओवादीसहितको मोर्चाले यो क्षेत्र बन्द आह्वान
गरेकोमा सोमबार नेकपा-माओवादीले फेरि तमुवान
क्षेत्र बन्द आह्वान गरेको छ। लगातार दुई दिन
बन्दको मारमा परेको उनले बताइन्।
महिलाहरुले लेकसाइडको जरेवरदेखि हल्लनचोक हुँदै
शहिदचोकसम्म करिब चार किलोमिटर क्षेत्रमा बन्द
विरोधमा जुलुस निकालेका थिए।
हातमा बन्दविरोधी प्लेकार्ड बोकेका उनीहरुले बन्द गरेर
संविधान नबन्ने बताए। यिनै महिला र आमा समूहले
२०६६/०६७ मा पनि निरन्तर बन्द हुँदा यस्तै विरोध प्रर्दशन
गरेका थिए।
बन्दले मार पार्यो
आइतबार बन्दका कारण पोखरामा सार्वजनिक
यातायातका साधन चल्न सकेनन्। उद्योग, कलकारखाना,
शिक्षण संस्था, पसल बन्द भए। सर्वसाधारण गन्तव्यमा पुग्न
पैदल हिँड्न बाध्य भएका थिए। प्रेस, एम्बुलेन्स, खानेपानी,
मानवअधिकारवादी चढेको गाडी बाहेक अरु चल्न
पाएनन्।
बन्दका कारण पर्यटकीय नगरी पोखराको जनजीवन
प्रभावित बनेको थियो। पोखरा घुम्न आएका आन्तरिक
एवं बाह्य पर्यटक बन्दको चपेटामा परेको व्यवसायीले
बताए। पोखराबाट लामो तथा छोटो दुरीमा पर्यटक
बोक्ने गाडीबाहेक अन्य कुनै पनि सवारी गुडेनन्।
पर्यटक गाडि तोडफोड
पोखराबाट काठमाडौं जाँदै गरेको पर्यटक बस तोडफोड
भएको छ। बिहान सो ७ बजे पोखराबाट पर्यटक बोकेर
काठमाडौं जाँदै गरेको होलिडे एडेभेन्चर टुर्स एण्ड
ट्राभल्सको ग१प १३२ नम्बरको बस
लेखनाथको तालचोकमा तोडफोड भएको हो।
गुडिरहेको बेला पछाडिबाट ढुंगा हानेको र त्यसले लागेर
बसको पछिल्लो शिशा फुटेको नेपाल एसोसिएसन अफ
टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) क्षेत्रीय संघ बस
उपकमिटीका संयोजक हरि अधिकारीले बताए।
बन्दका बाबजुत आइतबार पोखराबाट १६ वटा पर्यटक बस
काठमाडौंका लागि छुटेका थिए।
बसमा ढुंगा हान्नेलाई प्रहरीले पक्राउ गरेको छैन।
कास्कीका प्रहरी प्रमुख एसपी बसन्त लामाले
गुडिरहेकेा बेला बसलाई पछिल्लो भागबाट
ढुंगा हानेको र ढुंगा हान्नेलाई पहिचान गर्न
नसकेको बताए। 'पर्यटक बस चल्न दिने भन्ने निर्णय
भएको रहेछ। त्यहि अनुसार पर्यटक बोकेर बस
गुडेका रहेछन'उनले भने,'तर, तालचोकमा कसैले ढुंगा हानेछ।
ढुंगा हान्नेको पहिचान भएको छैन।'
एमाओवादीका कास्की अध्यक्ष दीपक कोइरालाले
ढुंगा हान्ने
व्यक्ति आफ्नो पार्टीका कार्यकर्ता नभएको बताए।
'हाम्रो आदेशमा हानेको होईन।हाम्रा कार्यकर्ताले
ढुंगा हानेका पनि छैनन्' उनले भने।लेकसाईडका आमा समुहले
निकालेको जुलुस विरोधनभई
सद्भावका लागि निकालेको उनले बताए।
Sunday, 11 January 2015
बन्दको विरोधमा आमा समूह सडकमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment