Sunday, 11 January 2015

किन बन्द भयो नेपालन्युज डट कम?

काठमाडौं– नेपालमा इन्टरनेट मिडिया फस्टाउँदै
गइरहेको बेला पहिलो समाचार 'पोर्टल' नेपालन्युज डट कम
बन्द भएको छ। व्यवस्थापनले सूचना जारी गर्दै
शुक्रबारदेखि १७ वर्ष पुरानो समाचार अनलाइन बन्द
भएको जनाएको हो।
इन्टरनेट सर्भिस प्रोभाइडर मर्कन्टाइल कम्युनिकेशनले सन्
१९९८ देखि नेपालन्युजलाई सञ्चालनमा ल्याएको थियो।
त्योभन्दा अघि सन् १९९४ देखि साउथ–एशिया डट
कममा अन्य सामग्रीसँगै पत्रिकाका समाचार अपलोड
गरिन्थ्यो।
'यो यात्रामा धेरै चुनौतीहरु सामना गर्नुपर्यो किनभने
यो हाम्रो मुख्य काम थिएन', नेपालन्युजको सञ्चालक
कम्पनी मर्कन्टाइल कम्युनिकेशनका अध्यक्ष सञ्जीवराज
भण्डारीले सूचना जारी गर्दै भनेका छन्, 'अरु व्यापारबाट
कमाएको पैसा त्यसमा लगानी गर्नुपर्ने अवस्था रह्यो।'

व्यवस्थापन–पत्रकारबीच
असमझदारी

पछिल्लो समयमा व्यवस्थापन र पत्रकारहरुबीचको असहज
वातावरणले पनि नेपालन्युजलाई बन्द गर्न प्रेरित गर्यो।
त्यहाँका पत्रकारहरुले नेपालन्युजलाई व्यवस्थित र
प्रणालीमा आवद्ध गराउन कानुनअनुसार न्युनतम
पारिश्रमक पाउनुपर्ने, १७ वर्षदेखि काम गर्दै
आएका पत्रकारहरुलाई स्थायी गरिनुपर्ने
लगायतका माग राखेका थिए। उनीहरुले नेपाल पत्रकार
महासंघको नेपालन्युज
शाखा स्थापना तयारी गरिरहेका थिए।
'पत्रकारका मागबाट भाग्दै व्यवस्थापनले
आजको मितिबाट बन्द गर्ने निर्णय गर्यो',
नेपालन्युजका पत्रकार रुपचन्द्र महर्जनले नागरिकन्युजसँग
भने, 'पत्रकारहरुले काम गरिरहेको अवस्थामा प्रबन्धक मधु
अमात्यले सिइओले अमेरीकाबाट पठाएको इमेल पढेर
सुनाउँदै आजको मितिबाट नेपाल न्युज बन्द
गरिएको सुनाए।'
गत पुस ८ गते नेपाल पत्रकार महसंघका प्रतिनिधिसँग संयुक्त
बैठकपछि नेपालन्युजका पत्रकारले आफ्नो माग पत्र
व्यवस्थापनलाई दिएका थिए।
पत्रकारको मागप्रति व्यवस्थापन अझ कडा रुपमा पेश
भएको थियो। 'महासंघ ल्याए हामी नेपालन्युज नै बन्द
गर्दिन्छौं भनेका थिए', पत्रकार महर्जनले भने।
पत्रकारलाई सूचना दिए लगत्तै नेपालन्युजमा पोर्टल बन्द
भएको व्यहोराको सिइओको पत्र अपलोड
भएको थियो। 'बन्दको सूचना राखेपछि साइटको एडमिन
लगिन पार्सवर्ड परिवर्तन गरियो', उनले सुनाए।
साइटको एडमिन प्यानल व्यवस्थापनले लिए पनि सोसल
मिडियाको कन्ट्रोल भने पत्रकारहरुसँगै
रहेको देखिएको छ। नेपालन्युजको आधिकारिक ट्विटर
ह्यान्डलले पोर्टल बन्द गर्ने निर्णय गलत भएको ट्विट
गरेको छ।

No comments:

Post a Comment