Sunday, 11 January 2015

कार दुर्घटनामा फुटबलर मलान्डाको निधन

पौष २७ ।
वल्फ्सबर्गका मिडफिल्डर जुनियर
मलान्डाको कार दुर्घटनामा निधन भएको छ ।
बेल्जिमको यु २१ समुहका राष्ट्रिय खेलाडि २०
वर्षका मलान्डा चढेको कार
जर्मनीको पोर्टा वेष्टफोलिका नजिकै
रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।
भारी वर्षासँगै हावा चलेको वेला कार
दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मलान्डासँगै कारमा सवार अन्य दुई
जना गम्भीर घाइते भएका थिए । बेल्जियम फुटबल
एशोसिएसनले उनको निधन भएको पुष्टि गरेको छ ।
मलान्डा गत सिजन जर्मन क्लबमा आएका थिए ।

No comments:

Post a Comment