Thursday, 8 January 2015

ताप्लेजुङमा भारी हिमपात

ताप्लेजुङ, पौष २४ ।
ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात भएको छ
भने चिसो अत्याधिक बढेको छ ।
हिमाली क्षेत्र घुन्सा, याङमा, ओलाङचुङगोला, पापुङ,
याम्फुदिनलगायत माथिल्लो भू–भागमा बाक्लो हिमपात
भएको स्थानीयले बताएका छन् भने
पाथीभरा क्षेत्रको माथिल्लो फेदिसम्म बाक्लो हिउँ परेको छ

यो वर्ष ताप्लेजुङमा पटक–पटक
गरी अत्याधिक हिमपात
हुँदा स्थानीयको जनजीवन प्रभावित
बनेको छ ।
उता, ठूलो पानी परेकाले कृषकलाई भने राहत मिलेको छ ।
धान काटेर गहुँ रोप्नका लागि बाँझो खेत जोत्न
तयारी गरेका बेला परेको पानीले
बेसीका कृषकलाई
खेतीपातीमा सहयोग मिलेको हो ।
बेसी क्षेत्रमा पौषभित्रमा गहुँ रोप्ने गरिन्छ ।
पानीले
लेकाली क्षेत्रको अलैंची बगानमा सिँचाइको काम
गरेको छ । पाइपबाट भिजाएको पानीले भन्दा आकाशे
पानीले भिजेको बगान राम्रो हुने भएकाले उत्पादनमा समेत
बृद्धि हुने अलैंची कृषकहरु बताउँछन् ।

No comments:

Post a Comment